Khadya Bibhag

सुझाव संकलन कार्यलाई विथोल्ने झाको चेतावनी

     

  राकेश यादव,
 रौतहट साउन ३ गते । नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मधेशीमाथि सत्ताधारी दलले वंश र अंशमाथि प्रहार गरेको बताउनु भएको छ ।
रौतहटको सदरमुकाम गौरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष झाले मधेशका जनताले जसलाई आफ्नो मत दिए त्यसैले नै आज अधिकारबाट बन्चित गर्ने षड्यन्त्र गरिरहेको आरोप समेत लगाउनुभयो । दोस्रो संविधानसभाको निर्वाचनमा खसवादी दललाई मधेशी जनताले प्रतिनिधि छनौट  गरेर संविधानसभामा पठाएर ठूलो गल्ती गरेको भन्दै अध्यक्ष झा अब जसलाई मत दिएको उसैको विरुद्धमा संघर्ष गर्नुपंर्ने समय आएको बताउनु भएको छ ।
संविधानको मस्यौदाको प्रस्तावनामा संघीय शब्द समावेश नगरेको , नागरिकता हकमा विदेशी महिलासँग विवाह गरेपछि सन्तानलाई अंगिकृत नागरिकता दिने, बिना अधिकारको प्रदेशको संरचना गरेर चार दलले मधेशको अधिकार कुण्ठीत पर्ने षड्यन्त्र गरेको ठोकुवा गर्नुभयो ।
प्रदेशको नाममा अंश र नागरिकताको नाममा वंशमाथि प्रहार गरेको अध्यक्ष झाको भनाइ रहेको छ । सामान्य विषयमा संख्यात्मक रुपमा सडकमा उत्रिने रौतहटका जनताले गम्भीर विषयमा निस्कृय हुनु दुखद रहेको उहाँले बताउनुभयो । मधेश र आफ्नो सन्तानको लागि एकचोटी सोच्नलाई पूर्व मन्त्रि समेत रहनु भएका झाले मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम समुदायका बासिन्दाहरुलाई अनुरोध गरेका छन् ।
वर्तमान अवस्थामा जारीरहेको राय सुझाव संकलन कार्य सत्ताधारी दलको नाटक मात्र रहेको बताउँदै राय सुझाव संकलन कार्यलाई विथोल्ने समेत चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया