![]() |
| फाइल फोटो |
राकेश यादव,
रौतहट, साउन १ गते । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ताहरुले सदरमुकाम गौरमा कालो झण्डा देखाएको छ ।
संविधानको प्रारम्भिक मस्यौदाको विषयका राय सुझाव संकलन गर्नका लागि गृह जिल्ला आउनु भएका नेता नेपाललाई मोर्चाको कार्यकर्ताहरुले कालो झण्डा देखाएको हो । आफनो कार्यकर्ताहरुको समुहमा जिल्ला प्रशासन कार्यालयमा पुगेका नेता नेपाललाई मोर्चाको कार्यकर्ताहरुले झण्डा देखाएपछि केहीबेर तनाव उत्पन्न समेत भएको थियो ।
घेरा हालेर मोर्चा कार्यकर्ताहरुले विभिन्न किसिमका नारावाजी गरेका थिए । तनाव भएपछि प्रहरीले सुरक्षाको साथै त्यहाबाट निकाले पश्चात नेता नेपाल आफ्नो निवास तिर गएको थियो । केन्द्रिय कार्यक्रमको अनुसार मोर्चाको कार्यकर्ताहरु सुझाव संकल्न कार्य अवरोध गरेको हो ।



तपाईको प्रतिक्रिया