Khadya Bibhag

लागु औषधसहित दुई जना पक्राउ

 राकेश यादव,
रौतहट साउन १ गते । भारतवाट नेपालमा ल्याउँदै गरेको प्रतिबन्धित औषिधी सहित दुई जनालाई सदरमुकाम गौरबाट प्रहरीले पक्राउ गरेको छ । वैरगनियाबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा भन्सार कार्यालय नजिक रहेको नेपाल प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा स्थानिय चन्द्रपुर नगरपालिका ३ घर भइ हाल गढीमाई नगरपालिका ३ वस्ने २९ वर्षीय विनोद अचार्य र तेह्रथुम युगा ७ वस्ने २८ वर्षीय जगत आले मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेको युवकको साथबाट डाईजोपाम २७, नोर्पिmङ्ग २७, फेनारगन टेवलेट २२ पिस, र केयरप्रिन टेवलेट ४७ पिस वरामद भएको प्रहरी निरिक्षक नवराज खडकाले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया