Khadya Bibhag

प्रधानमन्त्री कोइरालालाई मधेश अधिकार संघर्ष समितिका युवाहरुले कालो झण्डा देखाई विरोध गरे

जनकपुरधाम ३०, असार । प्रधानमन्त्री सुशील कोइरालालाई बुधवार विहान जनकपुरका युवाहरुले कालो झण्डा देखाएका छन् । प्रधानमन्त्रीको सुरक्षामा अत्यन्त कडा व्यवस्था भएको बावजुद पनि जनकपुरको यूवाहरुले कोइरालालाई कालो झण्डा देखाएका हुन् ।
जनकपुरको राम चौकमा निर्माण गरिएको राम टावरको उद्घघाटन गर्न वुधवार विहान आउनु भएका प्रधानमन्त्री कोइरालालाई मधेश अधिकार संघर्ष समितिका युवाहरुले कालो झण्डा देखाई विरोध गरेका हुन् । जनकपुरको जानकी मन्दिर दर्शन गरेर फर्कने क्रममा दर्जनौँ यूवाहरुले कालो झण्डा देखाई विरोध गरेका छन् ।
सरकार प्रति रहेको जनकपुरको युवाहरुको आक्रोश र मधेश अधिकार संघर्ष समितीको विरोध कार्यक्रमको पूर्व तयारीको ख्याल गरि जनकपुरको हरेक चौक जस्तैः जनकपुरको विमानस्थलदेखि क्याम्पस चोक, विद्यापति चोक, राम चोक, जनक चोक, रामानन्द चोक र जानकी चोक तथा जानकी मन्दिरको वरिपरि अति नै कडा र अघोषित कफर््यू झैँ सशस्त्र प्रहरी र जनपत तथा नेपाली सेनाको समेत अप्रत्यक्ष संलग्नतामा यूवाहरुमाथि निगरानी बढाइएको छ । साथै राम चौकस्थित हुने कार्यक्रम स्थल वरिपरि अत्यन्तै कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया