Khadya Bibhag

कप्तान धोनीको श्रमितिको रुपमा परिणीति चोपडा

भारतीय क्रिकेट टिमका कप्तान धोनीको जीवनमा आधारित चलचित्रमा श्रीमतीको भुमिकामा नायिका परिनिति चोपडाले अभिनय गर्ने भएकी छिन् ।

उक्त चलचित्रमा नायकको भुमिकामा सुशान्त सिंह राजपूतले धोनीको भुमिका निर्वाह गर्ने छन्, भने धोनकिो श्रीमतिको भुमिकामा भारतीय सिनेमा जगतकी वोल्ड नायिका परिणीति चोपडाले अभिनय गर्ने पक्कापक्की भएको छन् । भारतिय पत्रिका मिड डे ले खबरमा जनाय अनुसार धोनीको श्रीमती साक्षी जस्तै परिणितीको अनुहार अलि बढि नै मिल्ले भएकोले निमार्ताले उनलाई रोजेका हुन्  ।

 यस अघि धोनीको श्रीमतीको भुमिकामा आलिया भट्ट, श्रद्धा कपूर ,परिनिति चोपडा र कृति सैनन जस्ता प्रसिद्ध नायिकाको नाम आएको भएपनि अन्त्यमा परिणिति चोपडाले यसमा बाजी मारेकी छिन् ।

तपाईको प्रतिक्रिया