रौतहट, असार २८ गते । धन कमाउने सपना बोकेर विदेश गएका चन्द्रपुर नगरपालिका–१३ बालचनपुरका एक युवकको मृत्यु भएको छ ।
रोजगारीको सिलसिलामा मलेसियामा रहेका २२ वर्षीय जयमङ्गल राउतको गत मङ्गलबार मृत्यु भएको थियो । आज मात्र घरपरिवारका सदस्यले मृत्यु भएको खबर थाहा पाएका हुन् ।
विदेशमा रहेको छोरो ज्वरोबाट विरामी भएको जानकारी आए पनि अन्त्यमा मृत्यु भएको खबर आएको बाबु रामअयोध्या राउतले बताउनुभयो ।
घर घडेरी धितो राखेर पठाएको छोरोले ऋण पनि नतिरी मृत्युको खबर सुन्दा घरपरिवारमा बज्रपात भएको छ ।
तीन वर्षअघि रु एक लाख ५० हजार तिरेर जयमङ्गल विदेश गएका थिए ।
उनको शव नेपाल ल्याउन परिवारजनले सम्बन्धित निकायसँग अनुरोध गरेका छन् ।



तपाईको प्रतिक्रिया