काठमाडौ असार २४ गते । १६ बुँदे सम्झौतालाई टेकेर आएको सविधानको मस्यौदा आएपछि मधेश आन्दोलित हुँदै गएको छ । मस्यौदाको विरुद्धमा मधेशमा विभिन्न कार्यक्रम गर्नुको साथै त्यसको तयारीमा सबै पक्ष लागेको देखिन्छ । मधेशका दल तथा युवाहरु जुन रुपले तयारीमा लागेका छन् मानौ ठूलै युद्धको तयारी भइरहेको भान भइरहेको छ ।
काठमाडौमा मात्र होइन कि मधेशका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम गरि मस्यौदाको विरुद्ध भइरहेको छ । असार २२ गते जनकपुरमा युवाहरुको एउटा संगठनले शंख बजाएर आन्दोलनको घोषणा पनि गरिसकेको छ भने यता काठमाडौमा पनि विभिन्न कार्यक्रम गरी जनमत तयार गर्ने काम भइरहेको छ ।
सविधानसभामा रहेको चार मधेशवादी दलले विगत पाँच दिनदेखि मस्यौदा आएको विरोधमा सविधानसभा बहिष्कार गरिरहेका छन् भने मधेशसँग विभिन्न संघ संगठनले दिन दिनै कुनै नकुनै कार्यक्रमहरु गरिरहेका छन् । कसैले खुल्ला कार्यक्रम गरिरहेका छन् भने कसैले बन्द कोठामा पनि कार्यक्रम गरिरहेका छन् ।
यसैबीच चार मधेशवादी दलले संघर्षका कार्यक्रम तयार गरेका छन् । ती दिनदेखि जारी चार दलको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले असार २६ गतेदेखि साउन ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम तय गरेका छन् ।

आन्दोलनका कार्यक्रम ः
१. २०७२।३।२४ गते बिहिबार सन्ध्या ४ बजे मधेश विरोधि पार्टी काँग्रेस, एमाले, एमावोबादी र फोरम लोकतान्त्रिकका अध्यक्षहरु क्रमशः सुशील कोइराला, केपी ओली, प्रचण्ड र विजयकुमार गच्छदार साम्प्रदायिक सोचको संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङको जनकपुरको शिवचोकमा पुत्ला दहन गर्ने निर्णय गरियो ।
२. २०७२।३।२५ शुक्रबार जनकपुरको राम टावर उद्घाटन गर्न प्रधान मन्त्री सुशिल कोइराला आउने भनि विभिन्न मिडियामा आएको समाचारको आधारमा उक्त कार्यक्रम मा आउने मधेश विरोधी प्रधानमन्त्री सुशील कोइरालालाई जनकपुरको मुरली चोकमा कालो झन्डा देखाई विरोध गर्ने निर्णय गरियो ।
३. २०७२।३।२६ गते शनिबार दिनको २ः३० बजे जनकपुरको जनकचोकमा बृहत अन्तरक्रिया नागरिक समाज, बुदिजीबी, पत्रकार, विभिन्न पार्टी, व्यापारी, उद्योगी, युवाहरुसग गर्ने निर्णय भयो ।
४. २०७२।३।२८ सोमबारदेखि धनुषाको सम्पूर्ण सभासदहरुको घरमा गएर घरदैलो गर्ने कि मधेशको मुद्दा संविधानसभामा कठोर र जोडका साथ उठाउन अनुरोध र आग्रह गर्ने लगायतका प्रथम चरणको आन्दोलन बुधबार निर्णय गरी घोषणा गरियो ।

तपाईको प्रतिक्रिया