काठमाडौ असार २४ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका चार मधेशवादी दलले संघर्षका कार्यक्रम तयार गरेका छन् । ती दिनदेखि जारी चार दलको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले असार २६ गतेदेखि साउन ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम तय गरेका छन् ।
मोर्चाका एक घटक तराई मधेश सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवका अनुसार असार २६ गते प्रत्येक मधेशका प्रत्येक जिल्लामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्नेछ । असार २९ गते काठमाडौमा जनप्रदर्शन, मधेशको प्रत्येक जिल्लामा साउन १ गते जनप्रर्दशनसहित कोणसभा, त्यस्तै २ र ३ गते मधेशका प्रत्येक निर्वाचन क्षेत्रमा जुलुस प्रर्दशन, र पाँच गतेदेखि आठ गतेसम्म मधेशका प्रमुख चार शहरमा जनसभा कार्यक्रम गर्ने तय भएको छ ।
साउन ५ गते विराटनगरमा जनसभाको कार्यक्रम आयोजना गरिनेछ र त्यहाँको सम्पूर्ण जिम्मेवारी संघीय समाजवादी फोरम नेपाललाई तोकिएको छ । ६ गते जनकपुरमा हुने जनसभाको तयारीका लागि तराई मधेश लोकतान्त्रिक पार्टीलाई जिम्मेवारी तोकिएको छ भने ७ गते वीरगंजमा हुने जनसभाको तयारीका लागि तराई मधेश सद्भावना पार्टीलाई जिम्मेवारी दिएको छ । त्यस्तै आठ गते भैरहवामा हुने जनसभाको तयारीको लागि सद्भावना पार्टीलाई जिम्मेवारी दिएको छ ।



तपाईको प्रतिक्रिया