राकेश यादव,रौतहट २३ अषाढ —पुर्व प्रधान मन्त्री एवं नेकपा एमालेका बरिष्ट नेता माधब कुमार नेपालले मधेशका मसीहा भनि चिनाउने भ्रष्टाचारीहरुको ठेकदार रहेको टिप्पनी गरेका छन् । गृहजिल्ला रौतहटको गंगापिपरा स्थित जापानी सहयोगमा निर्माणहुने सामुदायीक भवनको सिलान्यास कार्यक्रममा संबोधन गर्दै उनले आज उक्त टिप्पनी गरेका हुन । आफुलाइ मधेशका ठेकदार र मसीहा बताउने केही नेताहरु हरेक सरकारमा मन्त्री रहेर अकुत संम्पती जोडेको नेता नेपालले दाबी गरेका थिए । नेपालमा सनातन हिन्दुधर्मको बाहुल्यता रहेकाले निर्माणहुने संबिधानमा हिन्दुहरुको पहिचान कायम रहने उनले प्रतिवद्धता जनाएका थिए । त्यसैगरी संबिधानमा मधेशी,महिला,मुश्लिम,आदीबासी,दलित जनजाती,सबैको सम्मान सहीतको अधिकार रहने उनले बताए ।
संबिधान निर्माणमा सब भन्दा ठुलो बाधक बनेका एमाओबादीका अध्यक्ष प्रचण्ड लाई आफुले पटक पटक सम्झाए पछी मानेको नेता नेपालले स्पस्ट पारेका थिए ।
जापानी सहयोगको चर्चागर्दै उनले दुइवटा कारणले जापान संग नजिकरहेको उनले बताए । आफु उप प्रधान मन्त्री र प्रधान मन्त्रीहुँदा नेपाल स्थित जापानी राजदुतले भेटेरै जुन सहयोग गर्न प्रतिवद्ध रहेको र समस्या पर्दा सदैव साथ दिने आश्वासन ले पनी जापानी संग नजदिकी बढेको उनले बताए । कार्यक्रमका बिशिष्ट अतिथि जापानी राजदुत मासासी ओगावाले जापानी सरकारको करीब एककरोडको लगानी
बाट निर्माण हुनलागेको सामुदायीक भवन बाट सो क्षेत्रका चारवटा गाबिसका जनता लाभान्वित हुने बताएका थिए । प्राकृतीक बिपदा,बाढी तथा भुइचालो बाट घर क्षतिग्रस्त हुने परीवारका सदस्यहरु उक्त भवनमा अस्थाइ बसोबास गर्ने र बिभिन्न सामाजिक कार्यक्रम समेत गर्नसक्ने ओगावाले बिश्वास ब्यक्त गरेका थिए।
भारतिय सिमाना संग जोडिएको जिल्ला भएकाले रौतहटोलीहरुको भारतिय संग संस्कृती मेलखाने जापानी राजदुत ओगावाले बताएका थिए । नेता नेपाल र राजदुत ओगावाले संयुक्तरुपमा सामुदायीक भवनको सिलान्यास गरेका थिए । नेता नेपाल र रौतहट बिकास गुठी,रौतहट ट्स्टकोपहलमा जापानी राजदुतले भवन निर्माणका लागी सहयोग गरेको बताइएको छ । उक्त कार्यक्रममा पुर्व मन्त्री एवं सभासद डाक्टर बंशीधर मिश्राले स्वागत मन्तब्य राखेका थिए । उक्त अवसरमा सभासद रामकुमार भटराइ, सभासद लालबाबु यादव, पार्टी जिल्लाअध्यक्ष कमल यादव, नेता रेवन्त झा लगायतको उपस्थिती रहेको थियो ।



तपाईको प्रतिक्रिया