Khadya Bibhag

अनिल झालाई मातृ शोक

काठमाडाँै, असार २१ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालाई मातृशोक परेको छ । अध्यक्ष झाकी आमा आनन्दीदेवी झाको आज बिहान ३ बजे निधन भएको हो ।
केही दिनदेखि अस्वस्थ्य रहँदै आएकी ७० वर्षीय झाको रौतहट जिल्लाअन्तर्गत मत्सरीको आफ्नै निवासमा भएको अध्यक्ष झाको परिवारजनले जनाएको छ । उनका श्रीमान, तीन छोरा तथा तीन छोरी छन् । मृतक झा नेपाल सद्भावना पार्टीका तर्फबाट संविधानसभा सदस्य रहेकी डिम्पलकुमारी झाकी सासुआमा छिन् । आजै मत्सरी गाविस नजिकैको बागमती नदिमा उनको अन्तिम संस्कार गरिएको छ ।

तपाईको प्रतिक्रिया