काठमाडौ असार १९ गते । आज मधेशी पत्रकार संघको विशेष अधिवेशनले कार्यसमितिको पदाधिकारीमा हेरफेर गरेको छ । संघका अध्यक्ष कुमार विवेकानन्द मिश्र (गोरखापत्र) ले राजिनामा दिएपछि सो ठाउँमा पंकज दास (आजतक) लाई ल्याइएको छ । पंकज दास यसअघि उपाध्यक्ष थिए । उपाध्यक्षको ठाउँमा अमरेन्द्रकुमार यादव (राइजिगं नेपाल) लाई ल्याएको छ उनी यसअघि केन्द्रीय सदस्य थिए ।
त्यस्तै महासचिवमा सुरेशकुमार यादव (गोरखापत्र) यथावत छन् भने सचिवमा बीपी साह (हुलाकी न्यूज) लाई ल्याएको छ । बीपी साह यसअघि सदस्य थिए । त्यस्तै कोषाध्यक्षमा प्रियंका पाण्डे (स्वतन्त्रपत्रकार) लाई यथावत राखिएको छ भने आफ्नो पदबाट राजिनामा दिनु भएका सुभक महतो (एभिन्यूज) को ठाउँमा कञ्चना झा (हेडलाइन्स एण्ड म्यूजिक एफएम) लाई ल्याएको छ । कञ्चना झा उपत्यका समितिका अध्यक्ष पनि हुन् । केन्द्रीय सदस्यमा एकजना नयाँ थपिएको छ, उनी हुन् रिपब्लीका अंग्रजी दैनिकका पत्रकार प्रविण कुमार यादव ।
१५ सदस्यीय केन्द्रीय समितिमा अरु सबै यथावत रहेका छन् । सदस्यहरुमा राजेश वर्मा (अन्नपूर्ण पोष्ट), स्नेहा झा (हुलाकी न्यूज), पार्वता चौधारी (कान्तिपुर एफएम), सीमा शर्मा (क्यापिटल एफएम), सीमा श्रीवास्तव (स्वतन्त्र पत्रकार), सञ्जिव साह (रिपब्लिका) रहेका छन् ।



तपाईको प्रतिक्रिया