Khadya Bibhag

मधेशी पत्रकार संघद्धारा पुरस्कार वितरण

काठमाडौँ १९, असार । मधेशी पत्रकार संघद्धारा आयोजित पुरस्कार वितरण समारोहमा विभिन्न पत्रकारिता पुरस्कारले विभिन्न पत्रकारलाई सम्मनित गरेको छ । आज टेकु स्थित मसाला कटेजमा आयोजित पत्रकार सम्म्ेलनमा प्रमुख अथिती समान्नीय उपराष्ट्रपति प्रमानन्द झाज्यूको उपस्थितीमा गजेन्द्रनरायण बरिष्ठ पत्रकारिता पुरस्कारले विगत लामो समय देखी पत्रकारिता क्षेत्रमाकलम चलाउदैँ तथा देश र मधेशको हितमा समाचार समप्रेसन गर्दै आएको पत्रकार इन्द्रकान्त मिश्रलाई सम्मान प्रमाणपत्र दिई दोसल्ला ओढाएर पुरस्कार राशी एघारहजार एक रुपैँया दिई पुरस्कृत गरिएको छ । भने, दोस्रो गजेन्द्रनरायण सिंह बरिष्ठ पत्रकारिता पुुरस्कार सम्माननीय उपराष्ट्रपति प्रमानन्द झा ज्यु लगायत सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र महतो, नेपाल सदभावना पार्टी अध्यक्ष अनिल कुमार झा, र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव लगायत तमसपाका बरिष्ठ नेता रामनरेश रायले लामो समय देखी विभिन्न मिडियामा रहि मधेश र देशलाई सेवा गर्दै आइरहेको पत्रकार अनिल कुमार अनललाई खादा ओढाई सम्मान प्रमानपत्र र पुरस्कार राशी दिइ पुरस्कृत गरिएको छ । आजको यो पुरस्कार वितरण समारोहमा उमा सिंह महिला पत्रकारिता पुरस्कार पर्सा जिल्ला निवासी माधुरी महतो र धनुषा जिल्ला निवासी रेडियो मिथिलाका पत्रकार ज्योत्सना क्रान्तिलाई पुरस्कृत गरिएको छ । त्यसै गरि आजको यो पुरस्कार वितरण कार्यक्रमा शहिद रमेश महतो युवा पत्रकारिता पुरस्कार रुपन्देही का पत्रकार सलमान खानलाई प्रदान गरिएको छ भने, दोस्रो शहिद रमेश महतो पत्रकारिता पुरस्कार मिथलेश यादवलाई प्रदान गरी पुरस्कृत गरिएको छ । आजको यो मधेशी पत्रकार संघ द्धारा आयोजित दोस्रो वार्षिक उत्सव  तथा पुरस्कार वितरण समान्ननीय उपरापट्रपति प्रमानन्द झा, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाल सदभावना पार्टी अध्यक्ष अनिल कुमार झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव लगायत विभिन्न नेतागण र पत्रकारहरु वाट उतरोत्ततर प्रगतिको शुभकामना व्यक्त गरेको छन् ।

तपाईको प्रतिक्रिया