काठमाडौं,१८ असार– भारतीय बलिउड सिनेमा जगतकी चर्चित अभिनेत्री तथा मथुरा क्षेत्रबाट विजयी भारतीय जनता पार्टीकी सांसद हेमा मालिनी बिहीबार राति सडकमा कार दुर्घटनामा परी घाइते भएकी छिन् । मालिनी सबार मर्सि्डिज कार राजस्थानको दौसामा विपरित दिशाबाट आइरहेको अर्को अल्ट्रो कारसंग ठक्कर खाएर दुर्घटनामा परेकी हुन् ।
दुर्घटनामा घाइते भएकी मालिनीलाई उपचारका लागि राजस्थानकै लोक शान्ति अस्पतालमा भर्ना गरिएको छ । हेमा मालिनीको टाउको र अनुहारमा चोट लागेको छ । चिकित्सकहरुले उनी खतरामुक्त रहेको र स्वास्थ्य सुधार हुँंदै गएको बताएका छन् । उनी बृन्दाबनबाट जयपुर जाँंदै थिइन । राजस्थानको दौसा नजिक भएको सो दुर्घटनामा परी अर्को अल्ट्रो कारमा सवार चार वर्षिया बालिकाको मृत्यु भएको छ भने तीन जना घााइते भएका छन् । हेमा सवार कारमा जडित एयरब्यागले धेरै हदसम्म उनलाई सुरक्षित राखेको बताइएको छ । फोर्टिस अस्पतालमा प्लाष्टिक सर्जन डा.संदीपन मुकुल र न्यूरो सर्जन हेमन्त सहितको भारतीय टोलीले उनको उपचार गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



तपाईको प्रतिक्रिया