राकेश यादव,रौतहट १८ असार – उधारो रकम तिर्न समस्या भएपछि रौतहटमा एक व्यक्तिले अपहरण गरेकोे भन्दै नाटक गरेका छ ।
रौतहट सखुअवा धमौरा ७ हर्षाहा टोलका ४४ वर्षिय छविलाल राउत कुर्मीले आफु अपरणमा परेको भन्दै परिवारलाइ खवर गरेपछि उनको खोजीमा प्रहरी सकृय भएको थियो । गएराति चन्द्रनिगाहपुरमा उनलाई प्रहरीले फेला पारेपछि कुर्मी आफैले अपहरण भएको नाटक गरेको खुलासा भएको हो । असार १५ गते कुर्मीले आफ्नो मोवाइल नम्वरबाट घरमा फोन गरेर आफु अपहरणमा परेको र अपहरणकारीले निकै यातना दिई रहेको तथा २० लाख रुपैँया फिरौती बुझाउनु भन्दै भाईलाई फोन गरेपछि परिवारजन र रौतहट प्रहरीले सकृय भएर खोजीकार्यमा लागेको थियो ।
ईलाका प्रहरी कार्यालय गरुडा, चन्द्रनिगाहपुर र जिल्ला प्रहरी कार्यालय बाट प्रहरीको टोली खटिएको थियो ।
आफूलाई अपहरणकारीले मोटरसाइकलमा राखेर लादै गर्दा मोटरसाइकल चिप्लीए पछि आफू भागेको बताएपछि प्रहरीले रातभर अपहरणकारी भागेको भनिएको ठाँउहरुमा खोजतलास गरेको थियो । प्रहरीलाइ अपहरण भएको होइन की भन्ने शका लागेपछि अनुशन्धान गर्दा आफैले अपहरणको नाटक गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक शुधिरराज शाहीले जानकारी दिए ।



तपाईको प्रतिक्रिया