Khadya Bibhag

देशैभरि जलायो सविधान मस्यौदाको प्रतिलिपि (फोटो फिचर)

काठमाडौ असार १६ गते । चार दलले १६ बुँदे सम्झौता गरि हिजो प्रस्तुत गरेको सविधानको मस्यौदाको विरोध गर्दै मधेशवादी दलहरुले आज प्रत्येक जिल्लामा मस्यौदाको प्रतिलिपि जलाएका छन् । मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले सविधानसभामा मस्यौदा पेस गरेपछि मधेशवादी (संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टी) चार दले नाराजुलुस गरी सविधानसभामै मस्यौदा च्यातेका थिए ।आज सो दलका कार्यकर्ताहरुले राजधानी लगायत मधेशका जिल्लाहरुमा मस्यौदाका प्रतिलिपि जलाएर विरोध गरेका छन् । राजधानीको बबरमहलमा चार दलले आयोजना गरेको मस्यौदा जलाउने कार्यक्रममा बोल्दै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले मधेशी आदिवासी, जनजाति विरोधी आएको यो मस्यौदालाई आफूहरुले कुनै पनि हालतमा नस्वीकार्ने बताए । उनले यो त मस्यौदा मात्र हो, सविधान आएपनि त्यसलाई पनि जलाउने चेतावनी दिए । कार्यक्रमा तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवलगायतका सयौ कार्यकर्ता तथा नेताको उपस्थिति थियो ।
त्यस्तै धनुषा, सिरहा, सर्लाही, रौतहट, पर्सा, सप्तरी, बारालगायतका जिल्लाहरुमा पनि मस्यौदाको प्रतिवेदन जलाएको छ ।

तपाईको प्रतिक्रिया