काठमाडौँ, असार १४ गते । वरिष्ठ भारतीय पत्रकार रामाशिषको सवारी दुर्घटनामा पर ७९ वर्षको उमेरमा निधन भएको छ ।
गत जेठ २९ गते भारतको विहार राज्यको सीतामढीमा तीव्र गतिमा आइरहेको साइकलले ठक्कर दिएर घाइते हुनुभएका रामाशिषको उपचारका क्रममा आज बिहान १० बजे हिमाल अस्पताल कमलपोखरी काठमाडौँमा निधन भएको हो ।
भारतमा जन्मेर ४६ वर्षदेखि नेपाली पत्रकारितामा कलम चलाउँदै आउनुभएका उहाँले ‘हिन्दूस्तान’ पत्रिकाका लागि नेपालमा बसेर पत्रकारिता गर्दै आउनुभएको थियो ।
मधेशको राजनीतिकका जानकार समेत रहेका पत्रकार रामअषिश नेपाल भारतको सम्बन्धका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । स्व.गजेन्द्रनारायण सिहको विशेष निकट रहेका उनी पछिल्लो समय पनि मधेशको राजनीतिकलाई नजिकबाट हेदै आउनु भएको थियो ।
नेपाल–भारत सम्बन्धलाई नजिकबाट नियाल्नुभएका रामाशिषले तत्कालीन समयमा भारतका विभिन्न पत्रपत्रिकाका लागि नेपाली नेता विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिलगायतको अन्तर्वार्ता लिनुभएको थियो ।
उहाँको अन्तिम दाहसंस्कार मङ्गलबार सीतामाढी सुरखण्डमा गरिने उहाँका नाति भाष्करले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया