Khadya Bibhag

रौतहटका सीमा क्षेत्रमा तस्करी बढदै

राकेश यादव ।

रौतहट, असार १४ । रौतहटको केही नाकाहरुबाट सेतो कुखुरा र चल्लाको तस्करी भइरहेको पाइएको छ । सिमावर्ती भारतीय सिमापारीबाट अबैध रुपमा तस्करहरुले तयारी सेतो कुखुरा तथा चल्लाको ओसारपसार व्यापक रुपमा भइरहेको जनगुनासो बढदै गएपछि सुरक्षा निकायले पिपरियाबाट १ एक हजार चल्ला नियन्त्रणमा लिएको हो ।

       सीमापारीबाट भंगहा गाउँबाट तस्करहरुले कुखुराको चल्ला ल्याउदै अवस्थामा सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटीएका प्रहरीहरुकोे टोलीले विहान ४ बजेको समयमा कोपवा पिपरिया गाविस देखि दक्षिण नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 भारत बाट चल्लालिएर आइरहेको अवस्थामा प्रहरीलाइ देखन साथ साइकल छाडी दुई जना भरिया भागेको जानकारी दिदै प्रहरी उपरिक्षक सानुबाबु थपलियाले बरामद गरिएको करिव १ एक हजार चल्लालाई स्थानीय भद्र भलादमीको रोहवरमा नष्ट गरिएको समेत उनले बताएका छन ।

                          

तपाईको प्रतिक्रिया