काठमाडौं, असार १३ गते । राष्ट्रिय मधेश समाजवादी पार्टीले आज तेस्रो वार्षिकोत्सव मनाउँदै छन् । बुद्धनगरस्थित पार्टी कार्यालयमा विभिन्न दलका नेताहरूका साथै पत्रकारहरूको उपस्थितिमा कार्यक्रम हुने भएको छ । पार्टीका प्रवक्ता केशब झाकाले पार्टीको वार्षिकउत्सवको उपलक्ष्यमा जिल्ला जिल्लामा रक्तदान तथा फलफुल वितरण कार्यक्रम रहेको जानकारी दिनु भएको छ । मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडावर्ग, अतिपछिडावर्गलगायत सीमान्कृत समुदायको आत्मसम्मान, मर्यादा र अधिकार सुनिश्चितताका लागि पार्टी गठन गर्नुपरेको जानकारी रामसपाको पार्टी प्रवक्ता झाले दिनुभयो ।
मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न यो पार्टी संघर्ष गरि रहने छ । डा। बाबुरामको सरकारमा १० हजार सेनामा युवाहरुलाई सहभागि गराउने कुरा भएपनि तीन हजारको दरबन्दी हुदाँ मधेश युवाहरुलाई कुनै किसिमको सहभागिता नहुदाँ विजय गच्छेदारसित विवाद भई शरत् सिंह भण्डारीले मधेशको अधिकार सुन्श्चििताको लागि पार्टीको गठन गर्नु भयो । युवाहरुलाई सेनामा परिचालन गर्नु पर्छ भनेर अडान राख्दै, चार बुदैँ सम्झौता हुन नसकेकोले पार्टीको नवनिर्माण गर्नु परेको कुराको जानकारी पार्टीको प्रवत्ता केशव झाले जानकारी दिनु भयो ।
पार्टीमा विभेदले विद्रोह हुन्छ, र विद्रोहले विखण्डन हुन्छ भन्दै मुलमन्त्रको साथमा पार्टीको उत्पति भएको थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निर्माण पनि राष्ट्रिय मधेश समाजवादी पार्टीको अडानले भएको गुनासो गरेको छन् । साथै रामसपा ३० दलमा पनि सहभागि भई प्रक्रिया अगाडी बढाएको थियो । र अहिले आएर १६ बुदेँ सहमति सम्झौतामा आफ्नो पाँचवटा धारणा चार दलहरु मिलेर बनाएको छ ।
प्रदेश सभामा मिश्रीत निर्वाचन प्रणाली हुनु पर्ने, दोस्रो विषय नागरिकताको सन्दर्भमा महिलालाई विहे हुनासाथ जुन पहिलाको प्रावधान थियो त्यही हुनु पर्छ तथा वंशजको अधारमा जन्मसिद्ध नागरिता पाउनु पर्छ, तस्रो चुरे वन र भित्री मधेशसम्मको भागलाई मधेशको भुमिमा जोडनु पर्ने सहमति भएको छ चने चौथौँ प्रत्यक्ष निर्वाचनमा पनि महिलालाई एक तिहाई महिलाको सहभागि हुनुपर्छ र पाँचौँ कुरा जुन प्रदेशमा जति जनसंख्या त्यसको आधारमा राज्यसभामा प्रतिनिधी आउनु पर्ने सहमति भएको छ, भने कुराको जानकारी प्रवत्ता केशव झाले सहारा टाइम्ससित कुरा गर्दै जानकारी दिए ।



तपाईको प्रतिक्रिया