परासी, असार १२ गते । नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमा सर्पदशंको उपचार गर्ने अस्पताल नहँुदा समस्या परेको छ ।
नवलपरासीलाई सर्पदशंको उच्च जोखिममा रहेको जिल्लाका रुपमा लिइए पनि सर्पको टोकाइपछि उपचार गर्ने अस्पताल नहँुदा बर्सेनि यस क्षेत्रबाट सर्पको टोकाइका कारण दर्जनौँले ज्यान गुमाउने गरेका छन् ।
नवलपरासीको परासीमा रहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा सर्पदशंको भ्याक्सिनको व्यवस्था भए पनि दाउन्नेदेखि पूर्वतर्फको नवलपुर क्षेत्रमा सर्पदंशविरुद्धको भ्याक्सिनको व्यवस्था नहुँदा सर्पले टोकेका बिरामीलाई चितवनको भरतपुरनै लैजानुपर्ने बाध्यता रहेको छ ।
नवपुर क्षेत्रमा सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल भए पनि तिनीहरू कुनैमा पनि सर्पदशंको भ्याक्सिनसहितको उपचार व्यवस्था नहुँदा समस्या परेको हो ।
विगत केही वर्ष अगाडि कालिगण्डकी अस्पताल कावासोतीमा सर्पदशंको उपचारको व्यवस्था थियो । तर हाल त्यस अस्पतालमा सर्पदशंविरुद्धको उपचार व्यवस्था छैन ।
हाल सर्पको टोकेका बिरामी दैनिक चार÷पाँचजना आउने गरेको भए पनि अस्पतालमा औषधि नभएको पृथ्वी चन्द्र अस्पताल परासीका प्रमुख डा नुरुल होदाले बताउनुभयो ।
यसैबीच सुनसरीको चिमडी गाविसमा सर्पले डस्दा शुक्रबार एक बालकको मृत्युभएको छ ।
चिमडी गाविस–६ का रामसेवक मेहताका सात वर्षीय छोरा राजनको मृत्युभएको हो ।
घर नजिकै गौमन सर्पले डस्दा गम्भीर बनेको मेहतालाई कोसी अञ्चल अस्पताल विराटनगर लगिएको र उपचारको क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।
त्यसैगरि, कञ्चनपुरको बेलडाँडी–७ का ५० वर्षीय मुली रानाको सर्पको टोकाइबाट गएराति मृत्यु भएको छ ।
प्रहरीका अनुसार घर नजिकैको खेतमा रानालाई विषालु सर्पले टोकेपछि स्वास्थ्य चौकी पु¥याएका रानाको उपचारका क्रममा मृत्यु भएको हो ।



तपाईको प्रतिक्रिया