Khadya Bibhag

विरोधका बाबजुद पनि आयो यस्तो मस्यौदा

काठमाडौँ, असार १२ गते । संविधान मस्यौदा कार्यदलले संविधानको प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

कार्यदलले तयार गरेको मस्यौदा संविधानसभा मस्यौदा समितिको हिजो राति अबेर बसेको बैठकमा पेस गरिएको छ ।

उक्त मस्यौदा समितिका सदस्यलाई अध्ययनका लागि एक घण्टाका लागि वितरण गरिएको थियो । मस्यौदामाथि केन्द्रित रहेर भोलि बस्ने समितिको बैठकमा छलफल हुनेछ । हिजो नै मस्यौदा तयार हुँदा मधेशवादी दललगायतका दलहरु त्यसको विरोध गरेको थियो । मस्योदाबाट एमाओवादी पनि खुश छैन ।

दुई दिनको छलफलमा उठेका संविधानमा नसमेटी नहुने विषयलाई समावेश गरेर समितिले प्रारम्भिक मस्यौदाको प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ ।

मस्यौदालाई अन्तिम रुप दिएपछि समितिका सभापतिले संविधानसभामा छलफलका लागि सभामुखलाई बुझाउनु हुनेछ । सो प्रतिवेदन यही असार १४ गते बस्ने संविधानसभा बैठकमा पेस गरिनेछ ।

प्रारम्भिक मस्यौदामा २९६ धारा ३७ भाग र सात अनुसूची रहेको बुझिएको छ । प्रमुख चार दलबीच सहमति भएको १६ बुँदे सहमतिको भावनालाई समेटेर प्रारम्भिक मस्यौदा तयार गरिएको हो । समितिको बैठक आज सिंहदरबारमा बस्दैछ ।

तपाईको प्रतिक्रिया