Khadya Bibhag

यौन गतिविधिमा संलग्न २४ जना एकैसाथ पक्राउ

फाइल फोटो

झापा असार १० गते । झापाको बिर्तामोडबाट प्रहरीले आज अपराह्न यौनजन्य गतिविधिमा संलग्न १६ सहित २४ जनालाई नियन्त्रणमा लिएको छ । त्यसमा १३ जना महिला र ११ जना पुरुष आपत्तिजनक अवस्थामा फेला परेको छ ।

बिर्तामोडमा सञ्चालित विभिन्न होटलबाट होटल सञ्चालकसहित आठ जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।

झापामा सञ्चालित होटलमा पछिल्लो समय यौनजन्य गतिविधि बढेको जनगुनासो बढेसँगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले बिर्तामोडमा सञ्चालित २५ भन्दा बढी होटलमा एकैपटक छापा मारेपछि यी जोडीहरु फेला परेका हुन् ।

प्रहरीले छापा मारेका सबैजसो होटलमा यौनजन्य गतिविधिमा संलग्न रहेको पाइएकाले होटल सञ्चालकसहित १३ जना महिला र ११ जना पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।
प्रारम्भिर अनुसन्धानमा महिलाहरु पेसेवर यौनकर्मी रहेको प्रहरीले जनाएको छ । यद्यपी थप अनुसन्धान जारी रहेको पनि बताए ।

तपाईको प्रतिक्रिया