Khadya Bibhag

सविधानसभा छाड्ने सोनलको चेतावनी

सिरहा असार १० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जीतेन्द्र सोनलले १६ बुँदे सम्झौताको आधारमा बनाइने संविधान स्वीकार्य नहुने बताएका छन् ।

सिरहाको लहानमा आज बिहान पार्टीद्वारा आयोजित संवाद तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले चेतावनी दिँदै भने– “१६ बुँदे सम्झौताका आधारमा संविधान ल्याए हामी संविधानसभा छाड्न सक्छौं।”

सोह्रबुँदे सम्झौता अन्तरिम संविधानको १३८, १ (क) को विरुद्ध भएको नेता सोनलले जिकिर गरे । उनले सर्वोच्च अदालतले उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न भनेर दिएको अन्तरिम आदेशलाई सम्मान गर्न सबै दलसँग आग्रह गरे ।

देश कसैको अनुहारले नचल्ने भएकाले विधि, विधान र प्रक्रियालाई मानेर अघि बढ्न उनले सबैसँग आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया