Khadya Bibhag

सिरहाकै स्थानीयले सिके राउतलाई सोधे, ‘अमेरिकामा कमाएको रकम के गर्नुभयो ?’

काठमाडौ असार १० गते । हिजो सिरहाका लहानबाट स्वतन्त्र मधेशको माग गरि आन्दोलन गरिरहेका सिके राउत पक्राउ परे र त्यहीबाट प्रकाशित नवसमग्राम पत्रिकाले उनको बारे प्रकाशन गरेको समाचारले सबैलाई अच्चमित बनाएको छ ।
समाचार अनुसार सिरहा लहानका स्थानीय मधेशी जनताले सिके राउत अमेरिकी एजेण्ट हो भनि प्रश्न गरेका छन् । लहानको राधाकृष्ण लजबाट देश टुक्राउने प्रवचन दिएर बाहिर निस्किने क्रममा साढे चारवजे तिर राउतलाई प्रहरीले पक्राउ गरेको थियो । राउतलाई स्थानीय जनता र पत्रकारहरुले अमेरिकामा कमाएका रकम के गर्नुभयो भनि सोधेका थिए । तपाई अमेरिकाको डलर खाएर मधेशमा चलखेल गरिरहनु भएको हो भनि प्रश्न गर्दा सिके राउत गम्भिर भएको समाचारमा उल्लेख छ ।
सिके राउतको आन्दोलन जसरी जसरी मधेशमा बढ्दै छन् त्यसरी त्यसरी नै उनीमाथि लाग्दै गरेको आरोपहरु खुल्दै गएका छन् । विदेशीको इशारामा चलेको भन्दै नेपालको एमेनेष्टी इन्टरनेशनलमा विवाद नै उत्पन्न भएको छ ।
यता, काठमाडौबाट सञ्चालित हुलाकी न्यूजले सिके राउतको समर्थकलाई सुन्धाराबाट पक्राउ गरेको समाचार प्रकाशन गरेका छन् । 

तपाईको प्रतिक्रिया