Khadya Bibhag

दाता सम्मेलनबाट उठ्यो तीन खर्ब रुपियाँ !

काठमाडौ असार १० गते । भूकम्पपछि भारतले नेपालको पुननिर्माणका लागि १ खर्ब रुपैयाँ तथा चीनले करिब ७७ अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ । भारतले सहयोग गरेको मध्ये ४० प्रतिशत अनुदान र बाँकी सहुलियतपूर्ण ऋण हुनेछ ।
राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलन’ मा बोल्दै भारतीय विदेश मन्त्री सुस्मा स्वराजले भारतले १० हजार रुपियाँ करोड सहयोग गर्ने र सो रकम भारतले ५ वर्षभित्र उपलब्ध गराउने छ । यसबाहेक भारतले दिने नियमित सहयोग पनि कायमै रहनेछ ।
चीनले करिब ७७ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गर्दै चीनका विदेशमन्त्री वाङ यीले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिदै पूर्वाधार विकासका पाँच क्षेत्रमा केन्द्रित सहायता कार्यक्रम कार्यान्वयनका लागि करिब ७६ रुपियाँ अर्ब प्रदान गरिने बताए । चीनले उपलब्ध गराउने यो रकम सबै अनुदान सहयोग हुनेछ ।
प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न थप एक अर्ब वित्तीय सहायता तत्कालै उपलब्ध गराइने उनले बताए । चीनले घोषणा गरेको रकम सन् २०१८ सम्म उपलब्ध गराइसक्ने छ ।
सम्मेलनमा बोल्दै जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले जापानले नेपाललाई पुननिर्माणका लागि २६ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । जापानले बालबालिका शिक्षा र सामुदायिक पूर्वाधारमा सहयोग गर्नेछ । कियुचीले संविधान निर्माणका लागि चार दलबीच भएको सहमितको पनि प्रशंसा गरे ।
एडिबीले ६० अर्ब भूकम्पपछिको पुननिर्माणका लागि एशियाली विकास बैंक (एडिबी) ले नेपाललाई रु ६० अर्ब सहयोगको घोषणा गरेको छ । राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलन’ मा बोल्दै एडिबीका अध्यक्ष ताकेहिको नाकाओले तत्कालका लागि २० अर्ब रूपैयाँ पुर्वाधार निर्माणमा सहुलियत पूर्ण ऋण र ५ अर्ब बजेटका लागि अनुदान गरी २५ अर्ब सहयोग उपलब्ध गराउने बताए । उनले थप सहयोग गरेर ६० अर्बसम्म पुर्यामउने वचन पनि दिएका छन् । त्यस्तै युरोपियन युनियन (इयू) ले ११ अर्ब ५० करोड सहयोग रुपैंया सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्मेलनमा बोल्दै नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले अमेरिकाले १३ अर्ब रुपियाँ सहयोग गर्ने बताए भने नर्बेका विदेशमन्त्री वर्ग ब्रेन्डेले रु ३ अर्ब सहयोग गर्ने घोषणा गरेका छन भने विश्व बैंकले रु. ५० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया