मोरगं असार १० गते । नेपाली काँग्रेसका नेता एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सङघीयराज्यको सीमाङ्कन र नामाङ्कन संविधानसभाबाट नै टुङयाउनुपर्ने विचार व्यक्त गरेका छन् ।
फोरम अफ फेडरेसन नामक संस्थाद्धारा हिजो यहाँ सङ्घीयताको विषयमा आयोजित छलफल कार्यक्रममा उनले लोकतन्त्र र कानुनी राज्य सङ्घीयताको अनिवार्य शर्त हुनुपर्ने धारणा व्यक्त गर्दै सङ्घीय राज्यप्रणालीमा विकेन्द्रीकरण मात्र नभई अधिकारको बाँडफाँड र हस्तान्तरणसमेत हुनुपर्छ भने ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुक सङ्घीय राज्यमा गइसकेको उल्लेख गर्दे सर्वौच्च अदालतको परमादेशको विषयमा सरकारले अदालतबाटनै उपाय खोज्नु पर्ने उल्लेख गर्नु भयो ।
सो कार्यक्रममा पत्रकार रामरिझन यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायतले सङ्घीय राज्यको सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।



तपाईको प्रतिक्रिया