पर्सा असार ७ गते । सद्भावना पार्टीका सह अध्यक्ष एवं सभासद लक्षमणलाल कर्णले सदियौदेखि मधेसीमाथी शोषण गर्दै आएका राज्यले अब बन्ने नयाँ संविधान पनि समानुपातिक, समावेशी, संघियता एवं अधिकारविहिन हुने बताए । महान मधेश जनविद्रोह एवं मधेशीहरुको रगतबाट स्थापित संघियतालाई आझेलमा पार्ने वर्तमान प्रमुख चार राजनितिक दलले षडयन्त्र गरिरहेको आरोप उनले लगाए ।
ठूला दल भनाउँदाहरुले ११ प्रदेश र हाल ८ प्रदेशको नाममा नौटंकी गरिरहेको बताउदै उनले जुन प्रदेशको नाम र सिमा हुँदैन त्यस्तो खुकुलो कुरा गरेर जनतालाई उल्लु बनाउने काम प्रमुख दलहरुले गरिरहेको बताए ।
आफुहरु ठुलो लोकतन्त्रवादीको धाक लगाउने राजनितिक दलले अहिले आएर सर्वोच्च अदालतको फैसला नमान्ने भन्नु कहाँसम्मको जायज हो ? वर्तमान सरकार जंगबहादुर र हिटलरभन्दा बढी तानाशाह रहेको बताउदै नेता कर्णले पहिचान र संघियता बिनाको संविधान जारी गरे सम्पूर्ण मधेसवादी एवं संघियता पक्षधर शक्तिहरुले निर्णायक आन्दोलनको विकल्प नरहेको चेतावनी पनि दिए । संघीयताविनाको संविधान जारी गरे संविधानसभा छाड्न सदभावना पार्टी तयार रहेको बताए ।
सद्भावना पार्टीले आयोजना गरेको कार्यक्रममा तराई मधेस सदभावना पार्टीका सह अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र कुशवाहाले संविधानको नाममा नेपाली जनताहरुलाई सात वर्षदेखि सभासदहरुले करोडौंको भ्रष्टाचार गरेको आरोप लगाउदै काँग्रेस ,एमाले र माओवादी संघियता र संविधान विरोधी रहेको बताए ।
काँग्रेस र एमालेको चाभीरीङ्ग वा रिमोटको रुपमा रहेको प्रचण्डलाई आरोप लगाउदै उनले मधेसवादी दलहरु मधेश मुद्दामा ईमान्दार नभए मुक्ती सम्भव नरहेको बताए । नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले प्रमुख चार राजनितिक दलबिच भएको १६ बुंदे सम्झौता मधेस विरोधी रहेको बताउदै नेपालमा पहाडी नेतृत्वले जहिले पनि मधेसलाई उपेक्षा गरेको आरोप लगाए ।
मधेसको सवालमा मधेसी पार्टीहरु संर्घष गर्न तयार हुनु पर्ने बेला आएको बताउदै उनले पहिचान बिनाको संघियता र संघियता बिनाको संविधान आफुहरुलाई मान्य नहुने बताए । कार्यक्रममा संघिय समाजबादी फोरम नेपालका केन्द्रिय सदस्य विरेन्द्र यादव, ए. नेकपा माओवादी पर्सा जिल्ला अध्यक्ष बलीराम साह , सदभावना पार्टीका केन्द्रिय सदस्यद्वव निजामुदिन समानी र बाबुलाल यादव, लगायतकाले आ आफनो धारणा राखेका थिए ।



तपाईको प्रतिक्रिया