सर्लाहीको रानीगञ्ज गाविसमा खुल्ला दिसा मुक्त अभियान सम्बन्धी एक बैठक सम्पन्न,गाविस सचिव सुचना लुकाउँदै । सर्लाहीको रानीगञ्ज गाविसमा खुल्ला दिसा मुक्त अभियान सम्बन्धी एक बैठक सम्पन्न भएको छ । सर्लाही जिल्लालाई अषाढ मसान्त भित्रमा खुल्ला दिसा मुक्त जिल्ला बनाउने कार्यक्रम अन्र्तगत भिवाससीसि तथा सत्यग्रह समुह रानीगञ्ज गाविस भवनमा सो बैठक सम्पन्न भएको हो । गाविस सचिव कुलनाथ घिमिरेको अध्यक्षतामा भएको बैठकमा गाविसलाई कसरी निर्धारीत समय भित्रै खुल्ला दिसा मुक्त बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको भिवाससीसिका यमनाथ सापकोटाले जानकरी दिनु भयो । उहाँका अनुसार आज भएको कार्यक्रममा गाविसका करिब ४० जनाको सहभागीता रहेको थियो । सरसफाई कार्यक्रमका प्रज्वलक बुधलाल वि.कले जानकारी दिनु भयो । सोही सम्बन्धमा आजको बैठकबाट रानीगञ्ज गाविसको लागि के कस्ता कार्यक्रमको योजना बनाउनु भयो भनी गाविस सचिव कुलनाथ धिमिरेसँग बुझ्न खोज्दा उहाँले मिडीयालाई दिई रहनु नपर्ने र यस्ता साना मसिना कुराहरु मिडीयाले खोजेर दुख दिनु पनि नपर्ने उहाँले वताउनु भयो । ..



तपाईको प्रतिक्रिया