Khadya Bibhag

रितुको हत्यारालाई सर्वस्वसहित जन्मकैद

काठमाडैाँ, जेठ ३२ गते । जनकपुरकी काठमाडौँ बस्दै आइरहेकी रितु महासेठलाई २०७१ साल मंसिर महिनामा मैतीदेवीमा छुरा प्रहार गरी हत्या गर्ने विमलेशप्रसाद यादवलाई सर्वश्वसहित जन्म कैदको सजाय तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उक्त सजाय सुनाएको हो। कान्तिपुर कलेजमा विविए पहिलो वर्षमा अध्ययनरत महासेठको होस्टलबाट विवाहभोजमा जाँदै गरेका बेला २०७० मंसिरमा हत्या भएको थियो ।
रितु हत्या भएको एक सातापछि यादवलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो। पक्राउ परेका यादवले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेकोले रितुको हत्या गरेको प्रहरी समक्ष बयान दिएका थिए ।

तपाईको प्रतिक्रिया