Khadya Bibhag

गच्छदारले भने, ‘पहिला सरकार अनि मात्र पीडितलाई राहत’

विराटनगर, जेठ ३० गते । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सरकारको गठन भएपछि मुलुकमा भूकम्पका कारण उत्पन्न विपत्तिलाई समाधान गर्नका लागि राजनीतिक दल एक भएर लाग्ने बताएका छन्् ।
राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म दलहरु एक ठाउँमा नआउने भएकाले सरकार गठनको आवश्यकता भएको बताउँदै उनले राजनीतिक समस्यालाई समाधान नगरी राष्ट्रिय एकता सम्भव नरहेको बताए ।
विराटनगरको विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने ‘अहिले राजनीतिक समस्या भनेको सरकार नै हो । संयुक्त सरकार गठन भएपछि मात्र सो समाधान हुन्छ ।’ उनले सानातिना कुरामा नअल्झन असन्तुष्ट दललाई पनि सहमतिमा आउन आग्रह गर्दै उनले समावेशी र समानतामा आधारित आठ प्रदेशको सङ्घीयतासहितको संविधान मुलुकले अविलम्ब पाउने बताए ।
उनले सकभर असार महिनामै नभए साउनको मध्यसम्ममा मुलुकले संविधान पाउने विश्वास समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया