काठमाडौ जेठ ३० गते । मधेशवादी दलहरुले राष्ट्रपति डा.रामवरण यादवलाई भेटेर ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री सुशिल कोइरालाले छलफलका लागि उनीहरुलाई आज बालुवाटारमा बोलएका छन् ।
सविधानलाई सरंक्षण गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएर फर्केपछि प्रधानमन्त्री कोइरालाले मधेशवादी दलका नेताहरुलाई फोन गरी वार्ताका लागि बोलाएको तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताए ।
भेटमा राष्ट्रपति यादवले सबै दललाई सहमतिमा लिएर नै सविधान निर्माण गर्नुपर्ने कुरामा जोड दिदै त्यहाँ पुगेका अशोक राईको पार्टीसहित मधेशवादी दलका नेताहरुलाई प्रधानमन्त्री र सविधानसभाका अध्यक्ष सुवाष नेम्वाङ्गलाई भेट्न सुझाव दिएको थियो ।
राष्ट्रपति यादवको सुझाव लिएपनि उनीहरुले भेट्नका लागि प्रधानमन्त्रीसँग समय लिएका थिएन तर प्रधानमन्त्रीका सल्लाहकार अतुल कोइरालाले नेताहरुलाई फोन गरी प्रधानमन्त्री भेट्न चाहेको बताउँदै सबैलाई बालुवाटारमा पाँचवजे आउनका लागि आग्रह गरेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग प्रधानमन्त्री कोइरालाले स्वयं आफै फोन गरेर छलफलमा आउन आग्रह गरेको स्रोतको दावी छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपति यादवले प्रधानमन्त्री कोइरालालाई नै फोन गरेर मधेशवादी दललाई भेट्न सुझाव दिएका थिए । राष्ट्रपति यादवले असन्तुष्ट पक्षलाई पनि सहमतिमा लिएर सविधान निर्माणको प्रकृयामा आगाडि बढ्न र असन्तुष्ट पक्षलाई भेटन् भनेपछि उनले आज यसरी छलफलका लागि बोलाएको बताइन्छ ।



तपाईको प्रतिक्रिया