Khadya Bibhag

घर भाडा लिएर चलाउथ्यो यौन धन्दा

 

धनुषा जेठ २९ गते । होटल तथा लजहरुमा लुकेर यौनधन्दा चलाउनेहरुमाथि प्रहरीले निगरानी बढाएपछि जनकपुरमा यौनकर्मीहरुले कोठा भाडामा लिएर यौनधन्दा गर्ने गरेको खुलासा भएको छ । 
 
दुईवर्ष पुर्व सम्म जनकपुरको जिरोमाईल क्षेत्रमा रहेका रेष्टुरेन्ट र बारहरुमा महिला यौनकर्मीहरुले यौनधन्दा चलाउने गरेपनि सो क्षेत्रका स्थानीयहरुको विरोधपछि रेष्टुरेन्टहरु बन्द गराईएको थियो ।
 
रेष्टुरेन्ट र बारहरु बन्द भएपछि विस्थापित भएका यौनकर्मीहरु त्यसपछि नगरक्षेत्रका होटलहरु र लजहरुमा ग्राहक लग्ने गरेका थिए । तर, होटलहरुमा समेत प्रहरीले निगरानी बढाएको र पटक पटक छापामारी गरि यौनकर्मीहरु र दलालहरुलाई पक्राउ गर्न थालेपछि यौनधन्दा गर्नेहरुले नयाँ तरिका अपनाएका हुन् । 
 
पतिपत्नी भनेर नगरक्षेत्रको कुनै सुनसान घरमा भाडा लिने र त्यहीं यौनधन्दा संचालन गर्ने गरेको पाईएको छ । यौनधन्दामा नेपालका मात्र हैन भारतबाट समेत यौनकर्मीहरु आउने गरेको बताइएको छ ।  
 
भारतीय यौनकर्मीले बढी र  नेपाली महिला यौनकर्मीले  कम रकम लिने गरेको प्रहरीको सुराकीका लागी नक्कली ग्राहक बनेर गएका एक सर्वसाधारणले जानकारी बताए । 
 
वुधबार सांझ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गणेश बहादुर थापाको टोलीले जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा घर भाडा लिई यौनधन्दा चलाउने एउटा गिरोहलाई नै पक्राउ गरेपछि जनकपुरको विभिन्न टोलहरुबाट सर्वसाधारणले यस्ता क्रियाकलाप आफ्नो गाउँटोलमा यौन गतिविधी  भईरहेको जानकारी गराउन थालेका छन् । 
 
लामो समयदेखि कोठा भाडा लिई यौनधन्दा चलाईरहेको उक्त गिरोहमा चार महिला र तीन पुरुषलाई समातिएको प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईले बताए । पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अन्र्तगत मुद्दा चलाईएको पनि प्रसाईले बताएका छन् ।  
 
जनकपुरको जनकचोक, रामचोक, जिरोमाईल क्षेत्रमा यौनकर्मी महिलाहरु खुलेआम मोलमोलाई गरि हिड्ने गरेको र केही रिक्साचालकले  यौनकर्मीलाई ग्राहक खोज्ने गरेको अन्नपूर्णपोष्टमा समाचार छ । 

तपाईको प्रतिक्रिया