पर्सा, जेठ २९ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले पहाडी पार्टीहरुबाट मधेसको मुक्ति नहुने बताउदै अबको आँउदो दिनमा मधेसबाट काँग्रेस ,एमाले र माओवादी मुक्त मधेस निर्माण गर्नुपर्ने बेला आएको बताए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान अवस्थामा नेपाल सरकार तथा प्रमुख चार राजनितीक दलले पुन देशमा २०४७ कै संविधान लादन खोजेको आरोप लगाउदै संघियता विनाको संविधान कदापी मान्य नहुने उनले बताए । पहाडी पार्टीहरुले षड्यन्त्रपुर्वक तरिकाले मधेसको भाषा सँस्कृति र एतिहासिक धरोहरहरुलाई नष्ट गर्ने वा लोप गर्ने कार्य गरिरहेको उनले आरोप लगाए ।
मधेस प्रान्त नभएसम्म विकास सम्भव न रहेको बताउदै नेता सोनलले वर्तमान प्रमुख चार राजनीतिक दलले गरेको १६ बुँदे सम्झौता मधेश बिरोधी रहेको बताएका थिए ।
नेकपा एमाले बाराको सचिवालय सदस्य एवं लिपनीमाल गाविसका निवर्तमान अध्यक्ष मुक्तिराउत कुर्मीको नेतृत्वमा एमाले पार्टी परित्याग गरी सयौंको सँख्यामा तमलोपामा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई प्रमुख अतिथी सोनलले स्वागत गरेका थिए ।
नेकपा एमाले पार्टीबाट मुक्ति राउत कुर्मी ,शिव राम, विकास साह, लालबहादुर प्रसाद, रामअशिष राम, सुरेन्द्र साह कानु, हरेन्द्र कुर्मी, लाल बाबु पटेल, प्रेमराउत कुर्मी, रमेश पटेल, मुकेश पटेल, दिनेश राम, बालदेव पटेल, रामदरश कुशवाहा, दिपक सर्राफ, मुकेश पटेल, गोविन्द साह तेली, असलम हवारी, सुरेश पटेल, समसुदिन हवारी, अमिबका राउत, नेपाली काँग्रेसबाट रामपुजन राउत, पन्नालाल रामलगायतका प्रवेश गरेका छन् ।



तपाईको प्रतिक्रिया