![]() |
| योगेन्द्र राय यादव |
सद्भावना पार्टीका युवा नेता एवं केन्द्रीय सदस्य योगेन्द्र राय यादवले एमाओवादीका अध्यष पुष्पकमल दहाल प्रचण्डलाई कमरेड प्रचण्डलाई एक थान खुल्लापत्र भनि शीर्षकमा खुल्ला पत्र लेखेका छन् । युवा नेता यादवले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका खुल्लापत्र जस्ताकै त्यस्तैः
प्रचण्ड जी तपाईलाई जून समुदायले स्वीकार गरेका छन उ समुदाय यानीकी मधेशी समुदायसंग बेईमानी गर्नुयो भन्दैछ । तपाईलाई तपाईको आफ्नै समूदायले काठमाण्डौबाट पराजित गरे तर मधेशीले सिरहाबाट जिताएर पठाएका छन । तपाई थौरै भएपनि शान्त भएर सोचदिनुस त यदी मधेशीले जिताएर नपठाएको भय तपाईको राजनीतिक कद के हुन्थ्यो ? आज आएर तपाईले चैत्र २५ गतेको मध्यरातमा १६ बूदें राज्यलाई राजनीतिक निकास दिनका लागि संघियताको मुलधार भनिने नाम र सीमालाई थाती राख्दै नागरिकताको सबाल,न्यालय ,निर्वाचन क्षेत्रको निर्धारण, राज्य सभामा पठाउने सदस्य समानरूपमा प्रत्येक प्रदेशबाट पठाईने जस्ता अमान्य बूंदा प्रति सहमति गर्नुभयो, के यो जायज छन ? तपाई कमजोर हुदा जनयुद्ध काल होस या संसदीय काल सबै कालमा मधेशीलाई भरयांग बनाऊनु भो ।
![]() |
| प्रचण्ड |
मधेशी मुक्ति मोर्चा होस या ३० दलीय गठबन्धन यी सबैमा मधेशीले तपाईलाई पत्याए । मलाई सम्झना छ क. प्रचण्ड तपाईले सार्वजनिक सभामा मधेशी समुदायलाई धोका दिन्नौ भने वाचा गर्नुभएको हो । वाचा गर्नुभएको सभास्थल एक होईन कमरेड तीन तीन ठाउ रहेका छन । कमरेड सिमरौनगढ ,जनकपुर र धनगढीमा भएका सभामा तपाईले गरेको वाचा \” मधेशी नेताहरूले धोखा दिए पनि म मधेशसंग धोखाबाजी गर्दैन्नौ \” सायद त्यो मधेशी नेताहरू प्रति ईंकित रहेको थियो। आज आएर त्यो वाचा के भो ? तपाईले सिमरौनगढको श्रद्धांजलि सभा ,जनकपुरको बारहविघा र धनगढीको ३० दलीय आमसभामा सम्बोधन गरिरहदा म स्वंय दर्शकदीर्घामा होईन तपाईको छेऊमा स्टेजमा बसेका एक साक्षी हो ।आज तपाईको त्यो वाचा र अहिलेको कुरा सुन्दा मलाई तपाई प्रति रहेका स्नेहमा मात्रात्मक हिसाबले कमि मात्रै होईन आक्रोश पनि बढेका छन्। तपाईले मात्र धोखा दिएको भ ए पो त तपाईले त वेदान्नद प्रवृतिको रूपमा गच्छादारलाई पनि जन्माउनु भो । र सिंगै मधेशलाई धोखा दिई आफ्नो जात देखाउनू भो भनिदैछ आम मधेशीले यसको खूलारूपमा प्रष्टयाई दिनु हुन्छ भन्नेर मैले यो खूलापत्र सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छु । यो खुलापत्रलाई पत्राकार मित्रहरूले श्रद्धेय क. प्रचण्ड समक्ष पुरयाईदिनु हुन्छ भन्ने अपेक्षा गरेको छु ।




तपाईको प्रतिक्रिया