Khadya Bibhag

ल सुनुस् विजयकान्त कर्णको Fast Track को कविता

 विजयकान्त कर्ण

 आज संविधान बनाउने fast track तरिका पूर्ण रुपमा अलोकतान्त्रिक छ र यसले लोकतन्त्रलाई संस्थागत होईन बरु अनुदारतन्त्रको सुरुवात हुने सम्भावना बढेको छ । संघियता विनाको संविधान, भूगोलको आधारमा प्रतिनिधित्व, समावेशि सिद्धान्त विपरित मधेश आयोगको खारेजी र मधेशको भारतसँग सदियौं देखिको बिहाबारी सम्बन्धलाई समाप्त पार्न बिवाहको ७ वर्ष पछि नागरिकता र त्यसको १० वर्ष पछि सरकारी जागिर पाउने जस्ता निहित मधेश विरोधि व्यवस्था गरेर नेपालीहरु बिचको बनिरहेको एकिकरण प्रक्रियालाई ध्वस्त पार्दै महेन्द्रिय राष्ट्रवाद लाद्न खोजिदै छ । यसले मुलुकलाई राम्रो गर्दैन । यस्तो अवस्थामा मलाई महान कवि फैज अहमद फैजको यो कविता सान्दर्भिक लाग्यो

निसार मैं तेरी गलियों के ऐ वतन कि जहाँ
चली है रस्म कि कोई न सर उठा के चले
जो कोई चाहनेवाला तवाफ़ को निकले
नज़र चुरा के चले, जिस्म-ओ-जाँ बचा के चले

तपाईको प्रतिक्रिया