विजयकुमार गच्छदारलाई मोर्चाबाट हटाउन यसरी भयो निर्णय

संयुतm लोकतान्त्रिक मधेशी मोर्चा

मिति २०७२ जेष्ठ २७

प्रेस विज्ञप्ती

मधेशी, आदिवासी, जनजाति, दलित, मुश्लिम, महिला, पिछडा वर्ग लगायत देशका सीमान्तकृत उत्पीडित जनताको मूल मुद्दा पहिचान, समावेशिकता र अधिकार सम्पन्न स्वयात्त प्रदेश युक्त राज्यको पुनर्सरचनालाई धारापमा पारी नेपाली कांग्रेस, नेकपा एमाले , एकीकृत नेकपा माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले गरेको १६ सूत्रीय सहमति अन्तरिम संविधानको प्रस्तावना, मर्म र निर्दिष्ट लक्ष्य विपरीत प्रतिगमनकारी कदम हो । उतm सहमतिले मुलुकलाई अझ बढि आन्तरिक दन्द्व र अस्थिरतामा धक्केलनेछ भन्ने हाम्रो ठहर छ ।

स्वायत्त प्रदेशहरुको स्वीकार्य सीमांकन, नामांकन तथा साधन स्रोत र शक्तिहरुको बाँडफाँड बिना संविधान निर्माण गर्ने षडयन्त्र मधेश विद्रोह लगायतका आन्दोलनहरु विगतका संविधान सभामा भएको सहमति, राज्य पुनर्संरचना र शक्तिहरुको बाँडफाँड समिति तथा उच्च स्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदन तथा नेपालको अन्तरिम संविधानको धारा १३८ मा भएको संवैधानिक व्यवस्थाको समेत ठाडो उल्लंघन गरेको छ । यसले संविधान सभाको क्षेत्राअधिकार कटौती गर्नुको साथै यसको गरिमा माथि प्रश्न चिन्ह खडा गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई यस्तो कथित सहमति कदापि स्वीकार्य नहुने र मोर्चा पहिचान, समावेशसिता र अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु सहितको राज्य पुनर्संरचनाका लागि  निरन्तर संर्घषरत रहने प्रतिबद्धता व्यतm गर्दछ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको लक्ष्य र मोर्चाको अवधारणा विपरीत मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)े का अध्यक्ष  विजयकुमार गच्छदारले सहमतिमा हस्ताक्षर गर्ने कार्य  गरेको हुँदा अब उपरान्त उतm पार्टीसंग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कुनै सम्बन्ध नरहने गरी  मोर्चाबाट निस्कासन गर्ने आजको बैठक निर्णय गर्दछ ।

……………..        ……………….        ……………..            ………………
राजेन्द्र महतो             उपेन्द्र यादव             हृदयेश त्रिपाठी           रामनरेश राय     
अध्यक्ष           अध्यक्ष              उपाध्यक्ष             बरिष्ठ नेता
सदभावना पार्टी      म.ज.फो. नेपाल         तमलोपा               तमसपा

तपाईको प्रतिक्रिया