Khadya Bibhag

शिक्षा कार्यालयमा भ्रष्टाचार बढेको स्वीकार गरे शिक्षाअधिकारी

     

 

राकेश यादव
रौतहट २७ जेष्ठ । जिल्ला शिक्षा अधिकारी भरतबाबु सुवेदिले कार्यालय भित्र हुने गरिएको भनिएको भ्रष्टाचार रोकन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । जिल्ला शिक्षा कार्यालय गौरको प्राङ्गणमा सोमवार आयोजित एक दिवसिय हेल्प डेस्क पछि आफ्नो प्रतिक्रिया दिदैं अधिकारी सुवेदिले त्यस्तो बताउनु भएको छ । 
ट्रान्सपरेन्सि ईन्टरनेशनल नेपाल रौतहटको सहकार्यमा क्रिएटिव ग्रुप अफ नेपाल भलोहियाले संचालन गरिरहेको नेपालमा राष्ट्रिय सदाचार प्रवद्र्धन परियोजना अन्र्तगत हरेक कायालयमा संचालन गर्दै आएको हेल्प डेस्कको क्रममा कार्यालयसँग सम्बन्धित करिब १ दर्जन गुनासो संकल्न गरिएको थियो ।
हेल्प डेस्क पछि आएका गुनासोहरुको सम्बन्धमा जिल्ला शिक्षा अधिकारी भरतबाबु सुवेदिसंग भएको मौखिक छलफलको क्रममा अधिकारी भरतबाबु सुवेदिले आफू जनताको गुनासो सम्बोधन गर्न प्रतिवद्ध रहेको र यस्ता कार्याक्रमहरुले आफुलाई मदत पुग्ने बताउनु भयो ।
सोहि क्रममा क्रिएटिव ग्रुप अफ नेपालले उठाएको नागरिक वडा पत्र सम्बन्धि प्रश्नको जवाफ दिदैं अधिकारी सुवेदिले चाडैं नै नया वडा पत्र लेखाउने बताउनु भयो ।
 ट्रान्सपरेन्सि ईन्टरनेशनल नेपालको सहकार्यमा क्रिएटिव ग्रुप अफ नेपालले विभिन्न कार्यालयहरुमा हेल्प डेस्क राख्ने र सो क्रममा आएको गुनासोहरुलाई सम्बोधनका लागि पहल गर्ने काम गर्दै आएको हो र आउने अगाडी दिनमा पनियस्तै गने भनेर सबै रौतहट वासी सित प्रतिवधता गदैे क्रिएटिव ग्रुप अफ नेपाल भलोहियालका संस्थाका अधियक्ष प्रविन शर्माले बताएका छन ।  

तपाईको प्रतिक्रिया