काठमाडौ जेठ २६ गते । एमाआवादी नेतृत्वको ३० दलीय गठबन्धनसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि विभाजित भएको छ । हिजो (सोमवार) अवेर राती मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकसहित प्रमुखत तीन दल काँग्रेस, एमाले र एमाओवादीबीच भएको १६ बुँदै सम्झौता भएपछि गठबन्धन आज औपचारिक रुमपा विभाजित भएको छ ।
विभाजित दुई समूहको बैठक छुट्टा छुट्टै सिहदरवारमा बसेको थियो । एमाओवादी नेतृत्वको मोर्चाको बैठक एकवजेदेखि एमाओवादी संसदीय दलमा बसेको थियो भने यता अलग भएको महन्थ ठाकुर नेतृत्वको मोर्चाको बैठक सोही भवनको दोस्रो तलमा ११ बजेदेखि बसेको थियो ।
दुई पक्षले आफ्नो पक्षमा यति उति दलको सहभागि रहेको दावी गरे । सविधानसभामा रहेको १८ दलको बैठक बोलाएको मध्ये एमाओवादीको नेतृत्वमा १३ दलको उपस्थिति थियो भने यता तल तमलोपाका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा बसेको बैठकमा १७ दलको उपस्थिति रहेको र त्यसमध्ये सविधानसभामा सहभागि रहेको १२ दल रहेको दावी गरीएको छ ।
एमाओवादीले बोलाएको बैठकमा मधेशी मोर्चाका प्रमुख विजय गच्छदार पहिलादेखि नै प्रचण्डको पक्षमा रहेका छन् भने त्यस आलाव शरतसिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिको पनि सहभागि थियो ।
महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टीका उपाध्यक्ष रानी शर्मा तिवारी पनि प्रचण्डले बोलाएको बैठकमा गएको बताइन्छ । प्रचण्डको पक्षमा रहेको प्रेमबहादुर सिहले तराई मधेश सद्भावना पार्टीका प्रतिनिधि पनि बैठकमा सहभागि रहेको दावी गरेका छन् ।
सो पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले आफ्ना पार्टीका उपाध्यक्ष तिवारी प्रचण्डले बोलाएको बैठकमा नगएको दावी गरेका छन् । महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा तिवारी आएकी थिइन् तर त्यहाँ गर्मी लागेको कारण आफ्नो संसदीय दलको कार्यालयमा गएर बसेकी नेता यादवले बताए ।
त्यस्तै अनिल झा पार्टीका महासचिव महन्थ ठाकुरले बोलाएको बैठकमा सहभागि पनि थिए पछि उनी प्रचण्डले बोलाएको बैठकमा पनि सहभागि भएका थिए । उनीसँग जिज्ञासा राख्दा उनले चार दलले निर्णय गरेको सम्झौताप्रति आफ्नो पार्टीको असहमति रहेको र सो बारेमा जानकारी गराउन नै उनले बोलाएको बैठकमा गएको बताए ।
त्यस्ते प्रचण्डले बोलाएका बैठकमा फोरम गणतान्त्रिकको तर्फबाट गजाधर यादवको सहभागिता थियो । उनीसँग जिज्ञासा राख्दा, चार दलबीच भएको सहमतिप्रति आफ्नो दलको कुनै असहमति नरहेको बताए । उनले आफ्नो अध्यक्षले प्रचण्डले बोलाएको बैठकमा जानु भनेका कारण यहाँ आएको पनि बताए ।
उनले सहमतिको कुरा अगाडि बढ्छ । आयोग बन्छन् र सो आयोगले मधेशको पक्षमा सीमाङ्कन गरिएन भने आफूहरु ब्याक हुने बताए ।
त्यस्तै शरतसिह भण्डारीको पार्टीबाट सो पार्टीका प्रवक्ता केशव झा प्रचण्डले बोलाएको बैठकमा पुगेका थिए । उनले मधेशवादी तथा आदिवासी जनजातिहरुको सीमाङ्कनमा फरक मत रहेको र भोली गएर मधेशको पक्षमा सीमाङ्कन हुन सकेन भने ब्याक हुन सकने बताउँदै अहिले नै त्यसको विरोध गरेर अगाडि बढ्नु राम्रो नभएको बताए ।
यता महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा मोर्चाको तर्फबाट राजेन्द्र महतोका पार्टी सद्भावना पार्टीबाट लक्ष्मणलाल कर्णको उपस्थिथि थियो भने फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वयं उपस्थित थिए । त्यस्तै तमलोपाका अध्यक्ष महन्थ ठाकुरसहित उपाध्यक्ष ह्रदयश त्रिपाठीको पनि सहभागि थियो । महेन्द्र राय यादवको पार्टीबाट वरिष्ठ नेता रामनरेश राय यादवको उपस्थिति थियो ।
स्रोतका अनुसार महेन्द्र राय यादवको पार्टीले पनि प्रचण्ड नेतृत्वकै मोर्चालाई समर्थन गर्ने तयारीमा रहेको छ । महेन्द्रराय यादवसँग फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कुराकानी गरिरहेका छन् र गच्छदारको पक्षमा लाग्ने कुरामा प्रचण्ड पूर्ण विश्वस्त रहेको बताइन्छ ।



तपाईको प्रतिक्रिया