पर्सा,जेठ २६ गते । तराई मधेस लोकतान्त्रिक पार्टी पर्साले सोमबार राती मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकसहित प्रमुख तीन दलले गरेको १६ बुँदे निर्णयप्रति आपत्ति जनाउँदै चारवटै नेताको पुतला जलाएका छन् ।
संविधान निर्माण गरेको सहमति मधेशी आन्दोलन र आदिवासी जनजातिलगायतका आन्दोलनहरुको मूलमर्म र भावना विपरित हुनको साथै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान एवं समानुपातिक समावेशिकताका विपरित रहेको भन्दै विरोध जनाएको छ ।
प्रमुख चार दलका नेताहरु प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशिल कोइराला , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, ए.माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारको पुतला जलाएका छन् । संघीयतामा प्रदेशहरुको नामाङकन तथा सीमाङकनको लागि आयोगलाई जिम्मा दिने कार्य नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ को ठाडो उल्लंघन हुनुका साथै संविधानसभाको समेत अवमुल्यन गर्ने कार्य गरेको छ ।
यसकार्यले संघीयता र पहिचानविहीन संविधान निर्माण गर्ने कार्यलाई नै मूर्तरुप दिन षड्यन्त्र गर्न खोजिएको छ । यसप्रकारको षड्यन्त्रमूलक सहमतिको तराई मधेस लोकतान्त्रिक पार्टी पर्साले विरोध गर्दछ ।
बिरोध प्रर्दशन एवं पुतला दहन कार्यक्रम तमलोपा पर्सा जिल्ला अध्यक्ष रमतुल्लाह खानको सभापतित्वमा एवं केन्द्रिय सदस्य पुरुषोत्तमलाल झाको अगुवाईमा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला उपाध्यक्ष जटाशंकर गुप्ता,सचिव चन्दन मिश्रा, जिल्ला सदस्य देवानन्द यादव,रेखा कर्ण, रबि सर्राफ,मनोज मिश्रा, महिला जिल्ला अध्यक्ष रेखा साह,क्षेत्र नं. २ का अध्यक्ष दिपलाल महतो, बिद्यार्थी नेता भरतभुषण पाण्डे लगायतको सहभागिता रहेको थियो ।









तपाईको प्रतिक्रिया