Khadya Bibhag

सिके राउतका लागि

-सुरेशकुमार यादव

स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत ९मधेशलाई अलग देश बनाउने अभियन्ता० को फेसबुक स्टाट्स पढेँ । अरुले पनि पक्कै पढेको होलान् । कति मिडियाले त यसको समाचार पनि बनाए । त्यो पत्रकारिताको धर्म पनि हो मैले आशा गरेका थिएँ कि मधेशी पत्रकारको बारेमा लेखेका छन् भने मधेशी पत्रकारहरु अवश्यै यसको बारेमा मुख खोल्लान् तर खासै त्यस्तो देखिएन । मधेशी पत्रकार भएको कारणले मेरो धर्म हो कि त्यसको जवाफ दिउँ ।
म पत्रकारिता शुरु गरेदेखि आजसम्म मधेशबाहेक केही लेखेका छुइनँ छिटफुटबाहेक । र, मेरो पहिचान पनि त्यही बनेको छ । जहाँ काम गरेँ मधेश बीटमा नै काम गरेँ । सीके राउत अमेरिकामा नोकरी गरिरहेका थिए, जतिबेला म मधेशबारे लेखिरहेका थिएँ । र, मजस्ता थुप्रै मधेशी पत्रकारहरु छन्, जो विना लोभलालच आफ्नो जीवन नै मधेशका लागि समर्पित गरेका छन् । तर आज सीके राउतले मधेशी पत्रकारको निष्ठामाथि प्रहार गरेका छन् । जो उनले गर्नु हुँदैन्थ्यो । जासुस, दलाल, नोकर, अरु के के भनेका छन् उनले मधेशी पत्रकारहरुलाई । औलामा गन्नसकिने संख्यामा मधेशी पत्रकारहरु छन् । त्यतिपनि सहन सकेनन् सिके राउतले । पत्रकार भनेको जासुस नै हो । उनको काम नै जासुसी गर्नु हो । समाचार तथा सूचना ल्याउनका लागि उनले जासुसी गर्नैपर्छ किनभने उनको पेशा नै त्यही हो । तर आफ्नो राष्ट्र र समुदायसँग कहिले बेइमानी गरेका छैनन् । कहिले धोका दिएका छैनन् ।
तर सीके राउत कसका लागि जासुसी गरिरहेका छन् । उनी त कुनै पत्रकार होइनन् । न कुनै अनुसन्धान विभागका कर्मचारी नै । तर उनले नेपालको सूचना कसका लागि बेचिरहेका छन् ? आजसम्म कुनै मधेशी पत्रकारले कुनै देशको जासुसी गरेको वा फलानोको दलाली गरेको कुरा त बाहिर आएका छैन । छ भने सीके राउतले प्रमाण दियोस् । प्रमाण दिएकै दिनदेखि पत्रकारिता छाड्छौँ हामी । कुन सिडियोसँग पैसा खाएका छन् । कुन प्रहरीसँग हप्ता असुली गरेर मधेशी पत्रकारले पत्रिका निकालिरहेका छन्, यसबारे सीके राउतले प्रमाण दिनुपर्छ ।
तथा कुन पत्रकारले यस्ता गतिविधि गरिरहेका छन्, त्यसको नाम पनि उल्लेख गर्नुपर्दछ । सीके राउत जस्तो व्यक्तिले अमूर्त कुरा गरेर सुहाउँदैन । म भन्छु, सीके राउत कसैबाट परिचालित हुन् । तर ठोस प्रमाण दिन सक्दिनँ तर विश्लेषणात्मक तथ्य दिनसक्छु । तर सीके राउतले जुन पत्रकारले त्यस्ता गतिविधि गरिरहेको भनेका छन्, उनीहरुको नाम खुलाउन म चुनौती दिन्छु । सीके राउतका बारेमा दर्जनौं यस्ता समाचारहरु आएका छन् कि उनी नेपालमा जासुसी गरिरहेका छन् । अमेरिकाका लागि जासुसी गरिरहेका छन्् बेलायतका लागि जासुसी गरिरहेका छन् । युरोपियन युनियनका लागि जाजुसी गरिरहेका छन् आदि, आदि । यस्ता थुप्रै आरोपयुक्त समाचारहरु आइरहेका हुन्छन् उनको बारेमा ।
तर आजसम्म त्यसको खण्डन गरेको छैनन् उनले । उनको कारणले राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतले मधेशलाई अर्कै नजरले हेरिरहेका छन् । राज्यले मधेशलाई दिने अधिकार सीके राउतका कारणले नदिने अवस्थामा पुगेको छ । सीके राउतको बहानामा संघीयता र समावेशी, समानुपातिक प्रतिनिधित्वजस्ता मुद्दाहरु गुम्ने खतरा बढेको छ । यसको जवाफ छ सीके राउतसँग रु उनले कसका लागि देश टुक्राउन चाहन्छन् रु कसको दलाली गरिरहेका छन् नेपालमा रु कसको नोकरी गरिरहेका छन् नेपालमा रु यसको जवाफ उनले आजसम्म दिएका छैनन् । फेसबुकमा दुई चार स्टाटस् लेख्दैमा, दुईचारजना भेला पारी टाइसुट लगाएर भाषण गर्दैमा मधेश अलग हुँदैन । त्यसको लागि ठूलो तपस्याको आवश्यकता पर्छ । त्यागको आवश्यकता पर्छ । जो सीके राउतमा देखिँदैन । मधेशी जनतालाई उनले कहिले सोधेका छन् कि उनीहरु के चाहन्छन् रु नेपालमै बस्न चाहन्छन् कि अलग भएर बस्न चाहन्छन् रु कहिले उनले यो तथ्य बाहिर ल्याएका छन् कि नेपालका आधाभन्दा बढी जनसँख्या रहेको मधेशका यति जनता नेपालबाट अलग भएर बस्न चाहन्छन् र यति जनता नेपालमै बस्न चाहन्छन् ?
सीके राउतको अभियानप्रति मेरो कुनै गुनासो छैन । लोकतन्त्रमा सबैको आआफ्नो स्वतन्त्रता हुन्छ । म सीके राउतको विचारबाट सहमत छैन भने उनको विचारबारे मैले किन लेख्ने र? मलाई नेपालमा नै अधिकार चाहिन्छ । नेपालमै स्वतन्त्रतापूर्वक बाँच्न चाहन्छु । नेपालमै समावेशी, समानुपातिक अधिकार चाहिन्छ ।
जनसंख्याकै आधारमा सबै निकायमा अधिकार दियो भने त्योभन्दा अरु केही चाहिँदैन मलाईं । मधेशमा बोल्ने सबै भाषालाई कामकाजको भाषाको मान्यता दियो भने त्यो भन्दा अरु केही चाहिँदैन मलाई । यसको लागि लडाइ जारी छ र त्यसको एउटा पात्र म पनि हुँ । म नेपालभन्दा अलग भएर बस्न चाहन्नँ । र, म यसबारे निरन्तर लेखिरहेको छु । नपत्याए मैले लेख्ने पत्रिका, अनलाइन तथा सञ्चारमध्यम खोलेर हेर्दा हुन्छ । उनले मलाई कन्भिन्स गर्न सक्नुपर्छ आफ्नो विचारमा । मजस्ता थुप्रै मधेशी पत्रकारहरु छन् जो सीके राउतको विचारसँग सहमत छैनन् । के उनको विचारसँग सहमत हुनैपर्छ भन्ने छ ? सहमत नहुँदैमा सबै गद्दार भए त रु सबै दलाल भए रु सबै नोकर भए रु सबै विदेशी एजेन्ट भए रु कदापि होइन । सबैलाई आफैँजस्तो नसम्झे हुन्छ । मधेशी पत्रकारले मधेशका लागि कति गरेका छन् र कति गरिरहेका छन्, सायद सिके राउतलाई अध्ययन छैन । आज मधेशको बारेमा जेजति कुरा बाहिर आएका छन् । मधेशका बारेमा जेजति मधेशी जनता तथा देश र विदेशका मान्छेले बुझ्न पाएका छन् । ती मधेशी पत्रकारकै कारणले आएका छन् । मधेशमा गर्मीका कारण मान्छे मर्छन्, त्यो समाचार काठमाडौँसम्म पु¥याउने मधेशी पत्रकार नै हुन् । मधेशमा आगलागी भयो र राहत गएन भन्ने लेखेर सिहदरबारसम्म पु¥याउने काम मधेशी पत्रकारले नै गरेका छन् । यहाँसम्म कि सीके राउत पक्राउ परे भन्ने समाचार मधेशी पत्रकारले नै लेखेका थिए । आज सीके राउतलाई जे जतिले चिनेका छन् त्यो मधेशी पत्रकारकै कारणले भएको छ । उनी पक्राउ पर्दा मधेशी पत्रकारले माइतीघरदेखि रत्नपार्कसम्म जुलुस निकाले । पक्राउको विरोधमा विरोधसभा गरे । मैनवत्ती जलाए । दिनदिनै विशेष अदालतमा बसेर रिपोर्टिङ गरे । विज्ञप्ति जारी गरे । डिल्लीबजार जेलमा बस्दा होस् वा प्रहरी चौकीमा थुनिँदाको अवस्था होस्, त्यहाँसम्म पुग्ने पनि मधेशी पत्रकार नै थिए । सानोभन्दा सानो कुरा जेलबाट बाहिर ल्याएर प्रकाशन, प्रशारण गर्ने काम मधेशी पत्रकारबाट नै भएको हो ।
आज आफ्नो औकात विर्सेका छन् र सबैलाई एउटौ डालोमा राखेर हेरिरहेका छन् सीके राउतले । एकदिन पनि मधेशी पत्रकारलाई सोधेका छन् कि तिमीहरुको पत्रकारीता कस्तो चलिरहेको छ रु तिमीहरुको गुजारा कसरी चलिरहेको छ रु पत्रिका कसरी निस्किएका छन् रु मलाई लाग्छ कि उनले कसैसँग सोधेका छैनन् । एकआधा जनाबाहेक । यदि सोधेका छैनन् भने सीके राउतलाई मधेशी पत्रकारको बारेमा यसरी बोल्ने र लेख्ने अधिकार कसले दियो रु अमेरिकाबाट महिनाको १४ लाख कमाएर आएका छन् । अरु ठाउँबाट पैसा आइरहेको कुरा पनि बाहिर आएका छन् । त्यति नै क्षमतावान् छन् भने मधेशमा एउटा छुट्टै मिडिया सञ्चालन गरेर देखायोस् न । हामी उनकै मिडियामा नोकरी गर्छौं । हामी उनकै लागि जासुसी पनि गर्छौं । आफू टाइसुट लगाएर डलर खाने, अनि मिहिनेत गरेर कमाइरहेका विचारा मधेशी पत्रकारलाई जथाभावी गाली गर्ने रु सुहाउँदैन सिके राउतलाई । मधेशी जनतालाई, मधेशी पत्रकार, मधेशी बुद्धिजिविलाई गाली गरेर सीके राउत आफैँ कुन दुलोमा बस्छन् । कहिले मैथिली बोल्ने मधेशीलाई गाली गर्छन् भने कहिले बुद्धिजिविले आफ्नो पक्षमा बोल्दिएनन् भनेर बुद्धिजीविलाई गाली गर्छन् । पहाडी समुदायका दिदीबहिनीलाई बेश्या भन्दाभन्दै मधेशी पत्रकारलाई समेत दलाल र एजेन्ट भन्न भ्याए सीके राउतले । यो पागलपन नै हो ।
कुकुरलाई घीउ पच्दैन भन्छन् । जुन कुकुर जर्वजस्ती घिउ खान्छन् त्यसको जीउका सबै रौ आफै झर्छन् र उ रोगी हुन्छन् । रोगीसँगै उ रिसाहा पनि उतिकै हुन्छन् । कोही छेउ छाउमा गयो भने भ्याउ भ्याउ गर्छन् तर त्यहाँ टिक्दैन र भुक्दै भाग्छन् । त्यस्तै हालत भएको छ सिके राउतको । उनी अहिले जथाभावी चिथोर्न थालेका छन् । जथाभावी बोल्न थालेका छन् । चाहिँदो नचाहिँदो बोल्न थालेका छन् । जुन उनको लागि सुहाएको छैन ।
एकातिर ठूलो अभियानका कुरा गर्छन् भने अर्कोतिर छुछुन्दर जस्तो व्यवहार पनि गर्छन् । महिलाको चरित्रमाथि बारम्बार प्रहार गर्छन् । बेश्या र रण्डीसम्मको शब्द प्रयोग गर्छन् उनले आफ्नो भाषणमा । अधिकारको कुरा गर्ने अनि महिलालाई दुरव्यवहार गर्ने रु गलत वा सही एक हदसम्मको उचाई पाइसकेका व्यक्तिले यस्तो छुछन्दर जस्तो व्यवहार गर्यो भने उनले त दुख पाउँछन् नै त्यसका साथै मधेशी पनि दुख पाउनेछ । मधेशी महिला, दिदी वहिनीले पनि दुख पाउँछन् । रह्यो कुरा मिलेर बस्न नसक्नु । यो त मधेशकै अवस्था त्यस्तै हो । हाम्रो समाज नै त्यस्तै हो भने हामी मात्र के गर्ने । हाम्रो मधेशी समाज नै परम्परादेखि विभाजित छन् । एका अर्कालाई स्वीकार गर्न सकिरहेका छैन । दाजु भाइ आफ्नो खुट्टामा उभेका हुँदैन घरमा अलग अलग हुन्छन् । एक बित्ता जमिनका लागि विघाका विघाका जमिन बेचेका उदाहरणहरु पनि थुप्रै छन् । अर्थात हाम्रो समाजको प्रतिविम्ब मधेशी पत्रकार, मधेशी नागरिक समाज, मधेशी दल, मधेशी संगठनमा परेको छ । यो हाम्रो दोष होइन । सिके राउतकै संगठन निर्माण गरेको धेरै भएका छैन । तर, असन्तुष्टिको बाढ आएको छ । शुरुमा उनीसँग लागेका कार्यकर्ताहरु उनको व्यवहार देखेर छाडीरहेका छन् । अहिलेसम्म संगठनको पूर्णता दिएको छैन । पूर्णता दिएर हेरोस् ६ महिना नपुग्दै फुट्छ । यो हाम्रो दोष होइन समाजको दोष हो । कमसे कम एकजना भएपनि पत्रिका त निकालिरहेका छन् । मधेशलाई सेवा त गरिरहेका छन् । मधेशको बारेमा दुइटा कुरा मात्रै लेखेका छन् । कमसे कम दशजनाले भएपनि पढ्न त पाएका छन् । उनीसँग आर्थिक क्षमता छैन । स्टाप राख्ने क्षमता छैन । अनि एक्लै ननिकालोस् त के गरोस् त्यसमा सिके राउतलाई टाउको दुखाई किन । जे मा जसलाई जानकारी छैन । लगानी छैन । त्यसको बारेमा बोल्ने अधिकार पनि हुँदैन ।
ठूला कुरा गर्ने सिके राउत जयकृष्ण गोइतको सगठनमा किन अटाउन सकेनन् । ज्वाला सिहको संगठनमा किन अटाउन सकेन । किन उनले आधा दर्जनजति संस्था आफैले चलाई रहेका छन् अरुसँग किन सहकार्य गर्दैनन् । अमेरिकाबाट आउने वित्तिकै मधेशी दलको मञ्चबाट भाषण दिने सिके राउत ती दलमा किन अटाएनन् । किन आफ्नै संगठन खोल्नुपर्ने आवश्यकता जाग्यो । सगठन खोल्दा को सँग सल्लाह लिए । संगठन खोल्नु अघि मधेशमा बहस चलाउन किन आवश्यकता ठानिएन । खोल्दा उनले कसैलाई किन साथमा लिएनन् । यी सबै कुरा खोतल्न बाँकी छन् र यसको जवाफ आउन बाँकी नै छ । त्यसैले कसैलाई औला देखाउनु भन्दा पहिला आफैबारे सोच्नुपर्छ । अरुलाई औला देखाउँदा उ तिर तीनटा औला तेर्सिएको हुन्छ । हुनसक्छ म सिके राउतको नजरमा गलत हुनसक्छु तर तल्लोस्तरको औला देखाउने साहस कहिले गरिनन् । एक त मधेशी पत्रकारलाई त्यतिकै पहाडि पत्रकारले हेपेका छन् । सिके राउत जस्ता व्यक्तिले नचाहिँदो कुराहरु लेखि दिएपछि उनीहरुले झन हेप्ने मसाला पाउँछन् ।
सुरेशकुमार यादवको फेसबुकबाट

तपाईको प्रतिक्रिया