Khadya Bibhag

जहाँ मृत्यू माग गरिन्छ

जलेश्वर जनकपुर सडक निर्माण नहुँदा त्यहाँका जनताहरुले निकै सास्ती व्यहोर्नु परेको छ । जीर्ण अवस्थामा रहेको सो सडकबाट आवत जावतमा कठिनाई हुनुको साथै दुर्घटनामा परि घाइते हुनुको साथै मृत्यू समेत हुनेको गरेको बताइन्छ । महेत्तरीको सदरमुकाम जलेश्वरबाट जनकपुर जोड्ने मुख्य सडक यसरी जीर्ण अवस्थामा रहेकाले त्यहाँ स्थानीयले अवाज उठाएका छन् । उनीहरु सुन्दर अभियानीको नामबाट आन्दोलन गर्दै आएका छन् । अभियानीले सडक दे या फाँसी दे भनि नारा लगाएका छन् र अपिल पनि बाँडेका छन् । भोली २४ गते चरणबद्ध सडक जामका साथै अन्य आन्दोलनका कार्यक्रम तय गरेका छन् ।
सडक निर्माणकै नाममा आन्दोलन हुँदा केही महिना पहिले कलैयामा एकजनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया