Khadya Bibhag

लक्ष्मीनियाँमा चट्याङ लागेर वृद्धको मृत्यु

महोत्तरी, जेठ २१ गते । महोत्तरीको लक्ष्मीनियाँमा आज बिहान चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ ।

आफ्नै घरमा बसिरहेको समयमा खसेको चट्याङ लागेर लक्ष्मीनियाँ–३ का ६५ वर्षीय रामवृक्ष सिंहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मछिन्द्रबाबु केसीले बताउनुभयो ।

घाइते भएका सिंहको उपचारका क्रममा महोत्तरीको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा मृत्यु भएको प्रनि केसीले जानकारी दिनुभयो ।

सिंहकै घरमा बसिरहेको समयमा लक्ष्मीनियाँ–३ का ७० वर्षीय रामसुन्दर महतो पनि चट्याङ लागेर गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मृतक सिंहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

तपाईको प्रतिक्रिया