सिरहा जेठ २१ गते । दश दिनअघि अपहृत सिरहाको सुखीपुर गाविसका श्रवणकुमार भण्डारीकोे शव आज बिहान खेतमा गाडिएका अवस्थामा फेला परेको छ ।
सुखीपुर गाविस–६ स्थित आफ्नै घरबाट गत जेठ ११ गते अपहृत १० वर्षीय भण्डारीको शव सिरहाको मोहनपुर कमलपुर–३ स्थित धान खेतमा गाडिएका अवस्थामा फेला परेको हो । स्थानीयवासीले शौचालय जाने क्रममा कुकुरले मान्छेको शव लुछेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबरपछि जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले उत्खनन गर्दा शव फेला परेको सिरहाका प्रजिअ अब्दुलकलाम खाँले जानकारी दिनुभयो । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
सिरहाको सुखिपुर गाविस–६ दहिपौडी टोलका अपहृत बालक श्रवण भण्डारीका आमासँग अपहरणकारीले रु २० लाख फिरौती माग गरेका थिए । तर फिरौती रकम बुझाउन नसक्दा बालक भण्डारी अपहरण मुक्त हुन सकेका थिएन ।
यही जेठ ११ गते बिहान अपहृत बालकका आमा अरहुलिया भण्डारीसँग अपहरणकारीले फोन गरेर रु २० लाख फिरौती माग गरेको थिए । फिरौती रकम नदिए बालकलाई मार्ने पनि धम्की पनि दिइएका थिए तर प्रहरीले कुनै चासो लिरहेका थिएन ।
सामान्य आर्थिक हैसियत भएका भण्डारी परिवार कृषि पेसामा आश्रित छन् । अपहृत बालककी आमा अरहुलियाले आँखाबाट आँसु चुहाउँदै “घर चलाउन त गाह्रो छ । कहाँबाट २० लाख रुपैयाँ दिने रु तपाइँहरु मेरा छोरालाई बचाइदिनुस् पत्रकार मानअधिकारवादी तथा प्रहरीलाई अनुरोध गरेका थिए ।
यतिसम्म वितसक्दा पनि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीनायब उपरीक्षक माधव बुढाथोकीले घटना अहिले अनुसन्धानकै क्रममा रहेको बताउका थिए भयो त्यही जे अपहरणकारीले भनेका थिए ।
यो पनि पढ्नुस्



तपाईको प्रतिक्रिया