Khadya Bibhag

लक्ष्मणलाल कर्णले भने, गच्छदारबाहेक अरु मधेशी दल सरकारमा जाँदैनन्

काठमाडौ जेठ २० गते । सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाहेक अरु कनुै पनि मधेशवादी दल सरकारमा जाने स्पष्ट पारेका छन् ।
उनले आफूहरुको प्राथमिकता संविधान निर्माण भएकोले संविधान निर्माण नभई बन्ने कुनै पनि सरकारमा सहभागित नहुने स्पष्ट पार्दै यद्यपी आफूहरु राष्ट्रिय सरकारको विरोधी नभएको पनि बताए ।
संघीयतामा कुरा मिल्यो भने सबै विषयमा सहमति बन्ने ठोकुवा गर्दै उनले संघीयताको मुल कुरो संख्या नभई सिमाङकन र पहिचान भएको बताए । उनले भने–संख्या जति भए पनि आफूहरुलाई मतलब छैन । मुल कुरा सिमाङकन हो । सिमाङकनमा सहमति भए मस्यौदा बनेको दुई महिनामा संविधान जारी हुन्छ ।
प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार आफूहरुले निर्माण नगरेकाले त्यसलाई ढाल्न पनि आफूहरु नलाग्ने स्पष्ट पार्दै महाभुकम्पको बेला सरकारले काम गर्न नसकेकोले यही तालले सरकार चलाउने हो भने मन्त्रीहरुको काम त्रिपाल बेच्ने भन्दा ठूलो नहुने दावी गरे ।
नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले दलहरुवीच आगामि असार मसान्तसम्म संविधान जारी गरेर सरकार परिवर्तन गर्ने विषयमा छलफल भएको बताएका छन् ।
उनले सरकारको नेतृत्व परिवर्तन गर्दैमा काम नहुने दावी गर्दै सबै मिलेर अहिलेको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप लिएर नवनिर्माणको कामलाई अघि बढाउनु पर्ने धारणा राखे ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले मुलुकमा विद्यमान समस्या समाधान हुन्छ भने नेकपा एमाले नेतृत्व बाहेक पनि भूमिका खेल्न तयार रहेको स्पष्ट पार्दै यो सरकारले संविधान जारी गर्ने सम्भावना समेत रहेको बताए ।
ज्ञावलीले संविधान निर्माण र राष्ट्रको पुर्ननिर्माणको लागि राष्ट्रिय सरकारको कुरा गरेको भन्दै एमाले राष्ट्रिय सरकारको नेतृत्वको दावेदार भएको बताए ।
राष्ट्रिय सरकार दलहरुबीच दुरी बढाएर बनाउने होईन । पहिला सरकार निर्माणको उद्देश्यको कुरा आउँछ उनले भने, बोल्ड नेतृत्व दिन एमाले तयार छ । त्यसकालागि एमालेबाट अध्यक्ष केपी ओलीले नेतृत्व गर्नु हुन्छ ।’

तपाईको प्रतिक्रिया