मेलम्ची, जेठ २० गते । वैशाख १२ को भूकम्पपश्चात् मेलम्ची बजारबाट हराइरहेका रौतहट जिल्ला अकोलवा गाविस–३ स्थायी घर भएका अमिरी साह कानुका छोरा ६० वर्षीय प्रेमी साह कानुको शव प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आज बिहान मेलम्ची नगरपालिका–६ को भित्री गल्लीका चारवटा घर एकै ठाउँमा भत्किएको भग्नावशेष हटाइ निजको शव फेला पारी मृतककै श्रीमती मनिरखा देवीलाई सद्गतका लागि बुझाइएको छ ।
विगत लामो समयदेखि मेलम्ची बजारमा मसलाको व्यापार गरी बस्ने मृतक प्रेमी साह कानु हराएको सम्भावित स्थानमा नेपाल प्रहरी, नेपाली सेना, अल्जेरियाली उद्धार टोली तथा स्थानीय बासिन्दाले पटक–पटक खोजीकार्य गर्दा पनि शव फेला पार्न नसकिएको र आज मात्र फेला पार्न सफल भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।



तपाईको प्रतिक्रिया