महोत्तरी, १९ जेठ । महोत्तरीको लोहारपट्टि गाविसमा गए राति जन्तीमा आएको एक मजदुरको रथमा थिचिएर मृत्यु भएको छ ।
बेहुला बसेर आएको बिआर३०बी ०७८३ नंको टाटा भ्यान रथसँगै आएको नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय रथका खलासीको सोही रथ धमौरा गाविस– ६ मा पल्टिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
गए राति भारत विहारको मनपौरबाट जन्ती लिएर महोत्तरीको लोहारपट्टि– ९ स्थित नथुनी दासको घरमा जन्ती आएको थियो । शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ । चारचक्के मोटरगाडीमाथि बनाइएको सो रथ पल्टिँदा रथका चालक भारत विहारको सिरसिया बस्ने ३० वर्षीय सुरेश महतो पनि गम्भीर घाइते भएकाले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया