सिरहा, १९ जेठ । बाख्राको विषयमा भएको सामान्य विवादका क्रममा लडेर सिरहाको राजपुर गाविसमा एक जनाको मृत्यु भएको छ ।
स्थानीय जोगेन्द्र मण्डलको मिलमा गहुँ पिस्न गएको अवस्थामा विवाद हुँदा राजपुर गाविस–६ निवासी रामप्रित दासको मृत्यु भएको हो । बाख्राको विषयमा दास र मण्डलबीच विवाद भएको र दासको भूइँमा लडेर मृत्यु भएको स्थानीयबासीको भनाइ छ ।
मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो । रासस



तपाईको प्रतिक्रिया