Khadya Bibhag

संसदीय कोषबाट कम्प्यूटर वितरण

पर्सा, जेठ १३ । मधेसी जनअधिकार फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत गद्दीले आज एक कार्यक्रमका वीच ३ थान कम्प्युटर आफनो संसदीय कोषबाट बितरण गरेका छन् । नेपाल पत्रकार महासंघ पर्सा , जिल्ला ट्राफिक कार्यालय वीरगंज र मनियारी सामुदायीक बिद्यालयलाई प्रदान गरिएको हो ।
कम्प्युटर बितरण कार्यक्रम फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सभासद राउत , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शितल महतो , पर्सा अध्यक्ष श्याम बन्जारा, पुर्व अध्यक्षहरु शत्रुधन नेपाल, अशोक तिवारी, शंकर खतिवडा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य बिजय कुशवाहा, पर्सा अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई , प्रेस चौतारी पर्साका सचिव अनुप तिवारी, पुर्वमन्त्री करिमा बेगम, केन्द्रिय सदस्य बिरेन्द्र यादव , पर्सा जिल्ला प्रवक्ता सलाउदिन अहमद, सह सचिव सरिफ गद्दी, युवा फोरम कोषाध्यक्ष असलम आलम लगायतको सहभागिता रहेको कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साका सचिव कृष्णा उदास खनालले सहजिकरण एवं उपाध्यक्ष ध्रुव साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया