Khadya Bibhag

रौतहटमा हावाहूरीले करोडौको क्षति

राकेश यादव
रौटहत १३ जेठ । हावाहुरीले रौतहटमा घर, बालीनाली तथा फलफुल खेती नष्ट हुँदा करोडौँको क्षति भएको छ । हावाहुरी आएकोले विभिन्न गाउँका सयौँ घरलाई क्षतिग्रस्त बनाएको छ भने मानवलगायत दर्जनौ चौपाया घाइते भएका छन् ।
मंगलवार साँझ करिब ११ बजे राती हावाहरी र आकाशबाट ठूल्ठूला असिना परेपछि जिल्लाका दरजनौ गाविस हावाहूरीका चपेटमा परेका छन भने गरुडा नगरपालिका वार्ड नम्बर ५ की ४० वर्षीया रमपतीया देवी ४५ वर्षीया मैथुन नेसा, नजमा खातुन, बबिता देबी साह, शेख इब्राहिम  घाइते भएका छन् । हावाहुरीले घाइते भएकाहरु विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी प्रवक्ता सुधिर राज शाहीले जनाएको छ ।
असिनाले रौतहटमा सयौं घर नष्ट पारेको छ । ५०० ग्राम तौलसम्मको असिनाले खपडा, टायल, एल्बेस्टर र टिनाले छाएको घरलाई नष्ट पारेको छ । गौर नगरपालिकाका ब्राहवटै वडाका साथै पिपरा भगवनपुर,झुन्खुनवा सरुअठा लगायत सखुअवा, करुनिया, जेठरहिया, माधोपुर, भलोहिया, गंगापिपरा, मिठुअवा लगायतका गाविसका हजरौ भन्दा बढी घरमा हावाहुरीले क्षति पु¥याएको छ ।
झुन्खुनवा गाविसका समाज सेवी रामअधार राय यादव र राजेन्द्र चौधरी गगनदेव राउतको घर नै भत्केको छ । घर भत्केपछि आफूहरु घरबारविहीन भएको र अर्काको घरमा बास बस्नुपर्ने अवस्था आएको दुवैजनाले बताएका छन् भने आपका बेपारीहरुलाइ निकौ मारमा परेका छन् ।
ठूल्ठूलो असिना परेपछि असिना परेको क्षेत्रको बालीनाली नष्ट भएको छ । आँप र लिचीको चिचिला, केरालगायतका फलफुल खेतीमा  व्यापक क्षति भएको छ । असिनाले काँक्रो, खरबुजा, खिरीलगायतका गर्मी छल्ने फलफूल पनि नष्ट पारेको छ । घर र बालीनाली तथा फलफुल समेत गरी करोडौँको क्षति भएको देखिएका छन ।

तपाईको प्रतिक्रिया