Khadya Bibhag

नेपाल र भारतका सीमा सुरक्षा बलको साइकल यात्रा कञ्चनपुरमा

सांकेतिक फोटो

कञ्चनपुर, जेठ ११ गते । नेपाल र भारतका सीमा सुरक्षा बलले दुवै देशबीचको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सञ्चालन गरेको साइकल यात्रा आज कञ्चनपुरमा आइपुगेको छ ।

आइतबार नेपाल– भारत सीमा क्षेत्र गौरीफाँटबाट सुरु भएको साइकल यात्रा कैलालीको धनगढी, अत्तरिया हँुदै आज कञ्चनपुर आइपुगेको हो ।
दुवै देशका जनताको आपसी सम्बन्ध सुमधुर बनाउन, भाइचारा बढाउन र शान्ति एवम् सद्भाव कायम गर्न साइकल यात्रा आयोजना गरिएको जनाइएको छ ।

भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का १० र सशस्त्र प्रहरी बलका १० गरी २० जना जवान र नेपाल भारतका पाँच(पाँच जना नागरिक यात्रामा सहभागी छन् ।

साइकल यात्राका सहभागीले नेपाल र भारतका झन्डा आ–आफ्ना साइकलमा फहराएका छन् । यात्रा सदरमुकाम महेन्द्रनगर हँुदै भारतीय बजार बनबासा पुगेर यही जेठ १५ गते गौरीफन्टा पुगेर अन्त्य हुनेछ । 

तपाईको प्रतिक्रिया