वीरगन्ज, जेठ ९ गते। इन्डो नेपाल चेम्बर अफ कमर्स, रक्सौलले भूकम्पपीडित नेपालीका लागि करिब रु बीस लाख मूल्य बराबरका दुई सय पाल सहयोग गरेको छ ।
ती पालमध्ये सिन्धुपाल्चोक र दोलखा जिल्लाका भूकम्पपीडित परिवारका लागि १४५, चितवन उद्योग वाणिज्य सङ्घमार्फत वितरण हुने गरी ४०, सशस्त्र प्रहरी गुल्म पर्साका लागि पाँच र नेपाल पत्रकार महासङ्घ मकवानपुरलाई १० थान छन् । नेपाल पत्रकार महासङ्घ हेटाँैडाको कार्यालयमा पुगेर चेम्बर रक्सौलका अध्यक्ष राजकुमार गुप्ता र नेपाल शाखाका अध्यक्ष मुकेश सरावगी तथा नेपाली का“ग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियासहितको टोलीले उक्त पाल दिएको हो ।
सो अवसरमा इन्डो नेपाल चेम्बरका अध्यक्ष गुप्ताले नेपालका सञ्चारमाध्यमले महाविपत्तिका बेलामा पनि भूकम्पपीडितको खोज, उद्धार र राहतको व्यवस्थापनमा पु¥याएको महत्वपूर्ण योग्दानको खुलेर प्रंशसा गर्नुभयो । का“ग्रेसका केन्द्रीय सदस्य चौरसियाले भूकम्पपीडितलाई खुलेर सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।
महासङ्घका केन्द्रीय सदस्य शीतलप्रसाद महतोले जोखिम मोलेर उद्धारमा खटिने सुरक्षाकर्मीसंँगै सञ्चारकर्मीले पनि आफ्ना माध्यमबाट जनताका लागि सूचना प्रवाहको जिम्मेवारी निरन्तर पूरा गरिरहेको बताउनुभयो ।



तपाईको प्रतिक्रिया